आश्रय निर्माण सेवा प्रा.ली २०४१ सालमा स्थापना भई देशभर नै विकास निर्माणको काम गर्दै आएको छ । पछिल्लो समय कोभिड १९ र बन्दाबन्दीका कारण निर्माण क्षेत्रको काम पनि प्रभावित भएको छ । यसै बिषयमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा आश्रय निर्माण सेवा प्रा.लीका निर्देशक सन्तोष साहसंग तराई एक्सप्रेसले गरेको कुराकानी ः
बन्दाबन्दीका कारण आश्रय निर्माण सेवामा कस्ता किसिमको असर प¥यो ?
कोभिड १९ का कारण कम्पनीका कर्मचारीहरु तथा मजदुर काममा खटिन सक्ने अवस्था थिएन् । नेपाल सरकारले विकास निर्माणका योजनालाई सहज बनाउने भनेपनि कर्मचारी र मजदुर अन्य जिल्लामा रहेकाले काम ल्याउन सकिएन् । निर्माण स्थलमा नै कर्मचारीहरु तथा मजदुर पुग्न नसक्ने र त्यस स्थानका स्थानियमा पनि कोभिडको त्रास जस्ता कारणले खास गरी निर्माणका काम हुन पाएनन् ।
अर्को तर्फ सम्वन्धीत निकायबाट जारी हुने सवारी पास तोकिएको समयमा उपल्वध नहुँदा पनि समस्या देखियो । यस्तै विविध समस्याका कारण विकास निर्माणका काम प्रभावित हुन पुग्यो । हाल भने कोभिड १९ को त्रास जनसमुदायमा कम हुंदै गएकाले बिस्तारै विकास निर्माणका काम थालनी गरिसकेका छौ । तोकिएको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षाका विधिहरु अपनाएर सकेसम्म कामको गतिलाई बढाएका छौ । यदपी बन्दाबन्दीको अवधिमा भने केहि निर्माणका योजनाहरु पनि सम्पन्न गरेका छौ ।
बन्दाबन्दीको अवधिमा भने कतिवटा निर्माणका योजना सम्पन्न गर्नु भयो त ?
बन्दाबन्दीको अवधिमा निर्माणको काम गर्न सहज थिएन् । तथापी केहि योजना सम्पन्न गरेका छौ भने केहि अन्तिम चरणमा पुगिसकेका छन् । आश्रय निर्माण सेवा प्रा.लीबाट देशभर नै विकास काम भै रहेका छन् । जस अन्तर्गत ४ वटा सम्पन्न भयो । अझै केहि योजनाका काम सम्पन्न गर्न बाँकी छ , त्यस मध्ये केहिको काम अन्तिम चरणमा पुगिसकेको छ । तर अहिले धमाधम काम भै रहेकाले केहि योजना ३–४ महिनामा सकिन्छ होला भने अन्य योजनाहरु अगामी असार मसान्त सम्म लाग्न सक्छ ।
बन्दाबन्दीको अवधिमा भने सघन सहरी विकास आयोजना अन्तर्गत अजगैवी सडक निर्माण गरेका छौ । सो सडक योजना सम्पन्न गर्ने समय भन्दा ६–७ महिना अघि नै सकिएको हो भने मौलापुर बसपार्क र भित्री सडक, मालपोत तथा नापी कार्यलयको भवन निर्माण लगायतका काम पनि सम्पन्न गरिसकेका छौ । यदपीसमयमा वा अगावै नै योजना सम्पन्न गराउने लक्ष्यका साथ आश्रय निर्माण सेवा प्रा.लीले काम गरेको छ ।
आश्रय निर्माण सेवा प्रा.लीले निर्माण क्षेत्र वाहेक समाजिक काम पनि गरेको छ त ?
पक्कै राम्रो प्रश्न गर्नुभयो आश्रय निर्माण सेवा प्रा.लीले विकास निर्माणको कार्यसंगै समाजिक कार्य पनि गरेको छ । २०५० सालमा बाढिपिडित भएका सर्लाहीका नागरिकलाई राहत बितरण संगै पटक पटक बाग्मति नदिका कारण पिडित बनेका दुर्गाभगवति गाउपालिकाका नागरिकलाई राहत बितरण तथा आपत्कालिन अवस्थामा नदि नियन्त्रणका लागी तालजारी उत्पादन गर्ने र तटबन्ध निर्माण गर्ने कार्यमा पनि आश्रय निर्माण सेवा सहयोगी भुमिका निर्वाह गरेको छ । त्यती मात्र नभई हालै कोभिड १९ का कारण प्रभावित भएका चन्द्रपुर ८ सन्तपुरका २ सय जना तथा दुर्गा भगवति गाँउपालिकामा पनि केहिलाई खाद्यन्न बितरण ग¥यँैं ।
यस्तै जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत कोभिडकोे उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि २५ थान पिपिई तथा सर्वसाधरणका लागि ३० हजार थान मास्क बितरण लगायतका कार्य पनि आश्रय निर्माण सेवा अग्रर रह्यो ।आश्रय निर्माण सेवा प्रा.लीले समाजिक कार्य गरेबापत नेपाल सरकारको दैविक प्रकोप उद्धार समितिबाट सम्मानित र प्रमाण पत्र समेत पाएको छ ।
निर्माण क्षेत्रमा खटिने कर्मचारीलाई स्वास्थ्य सूरक्षा कसरी अपनाईएको छ ?
कोभिड १९ (कोरोना) को त्रास भने समाजमा कम भएपनि संक्रमणको जोखिम भने उतिकै छ । यस अवस्थामा निर्माण स्थलमा काम गर्ने मजदुरीलाई चुनौती छ । जसका कारण आश्रय निर्माण सेवा प्रालीले कर्मचारी तथा मजदुरका लागि कोरोना बिमा गरेको छ ।
त्यती मात्र नभई स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्रै काममा खटाएको छ । तर नेपाल सरकारले हालसम्म निर्माण क्षेत्रका लागि स्वास्थ्य सुरक्षाका विधिका उपाय (प्रटुकल) नबनाएकाले काममा कठिनाई भएको छ भने त्यसमा लाग्ने खर्चहरु नेपाल सरकारले नै व्यर्होने गरि भुतmानी गर्नु पर्ने र स्वास्थ्य सुरक्षाका विधिलाई पनि अगामी टेण्डरहरुमा उल्लेख हुनुपर्छ ।
जसका कारण निर्माणस्थलमा खटिने कर्मचारी तथा मजदुरले सुरक्षित महशुस गरी काम गर्न सकुँन् ।
निर्माण क्षेत्रलाई मार्यादित बनाउन आश्रयको भुमिका कस्तो हुन्छ ?
निर्माण व्यवसायीहरु आलोचित हुनु आफैमा रहेको कमी कमजोरी रहेको पाईन्छ । निर्माणको जिम्मा पाएपछि समयमा नै हस्तान्तरण गर्ने लक्ष्य निर्माण कम्पनीले लिनु पर्छ । तर निर्माण कम्पनीले एकैपटक धरैवटा निर्माणको जिम्मा लिने प्रवृति छ । तर निर्माणमा सिमित श्रोत र साधनको परिचालन हुन्छ ।
जसका कारण समयमा नै निर्माण गरिएको संरचना हस्तान्तरण गर्न सकिदैन् । त्यस्तै अर्को तर्फ निर्माण स्थलमा बनाईने संरचनाको नक्सा नेपाल सरकारबाट मान्यता प्राप्त ईन्जिनियर तथा कन्सलटेन्टबाट स्वकृत गर्नु पर्छ ।
तर उनीहरुले जिम्मेवारी पुर्वक काम नगरेका कारण निर्माणमा अवरोध आउने गरेको छ । जसका कारण निर्माण व्यवसायी पनि आलोचित हुनु परेको छ । सरकारको नितिका कारण पनि निर्माण व्यवसायी आलोचित छ । टेण्डर आह्वान प्रक्रियामा निर्माण कम्पनीले कम रकममा साकार गर्नु पर्ने बाध्यता छ ।
लागत भन्दा कम रकममा काम गर्दा समेत भुतmानी समस्या, स्थानिय श्रोत साधनको अभाव जस्ता कार्यले निर्माण समयमा नै नसकिने र निर्माण गरीएका संरचनामा समस्या आउने गर्छ ।
त्यसैले टेण्डर आह्वान प्रक्रियालाई व्यवस्थित गर्नु पर्ने देखिन्छ । त्यसैले यसलाई व्यवस्थित र मर्यादित बनाउन सरकारी स्तरबाट समेत सहयोगको आवश्यतmा पर्छ ।
निर्माण क्षेत्रमा कस्ता किसिमका समस्या छन् र यसलाई सामधान गर्न के गर्नु पर्छ ?
निर्माण क्षेत्रमा विभिन्न किसिमको समस्या छ । मुख्य समस्या भने सरकारले संरचना निर्माणका लागी बोलपत्र आह्वान गर्छ । तर निर्माणका लागी आवश्यक पर्ने ढुगा, गिट्टी, बालुवा उत्खनन् गर्ने दिदैन । सरकारले नै निर्माणको जिम्मा पनि दिने र उतm कार्यमा बाधा पनि पुरयाउने कारण निर्माणका काममा जटिलता छ ।
त्यसैले सरल र सहज रुपमा निर्माणका लागि आवश्यक पर्ने सामग्रीको आपुर्तिको व्यवस्था सरकारले गर्नु पर्छ । स–साना समस्याका कारण निर्माणमा बाधा र अवरोध पुग्ने गरेकाले यी समस्या आउन नदिनका लागि तिन तहका सरकारको भुमिका महत्वर्पुण छ । प्रमुख समस्या भनेको निर्माण स्थलमा जंगल पर्ने र रुख काट्नु पर्ने, विधुतको पोल हटाउनु पर्ने, खानेपानीको पाईप पर्ने जस्ता समस्या छ ।
यस्ता किसिमको समस्या विवादरहित गरी टेण्डर लगाउदा उतम हुन्छ । तर सरकार भर्खरै विवादरहित भएको स्थानमा मात्र टेण्डर लगाउनु पर्ने प्रवधान गरेको छ , पक्कै अगामी दिनमा यस्ता किसिमको समस्या आउ“दैन की भन्ने आशा भने गर्न सक्छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here