सप्तरी,१७ कार्तिक /

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पार्टीभित्रका केही नेता आफूलाई ठूलो भनिरहे पनि पार्टीको कुनै काम नगरेको बताएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष साहले पार्टीका प्रदेशका केही नेता फलानाको मान्छे भन्दै आफूलाई ठूलो देखाउन व्यस्त रहेको बताए ।
म प्रचण्डको मान्छे हु, केपी ओलीको मान्छे हु भन्दै उनीहरुले आफूलाई ठूलो देखाउन खोजिरहेका छन उनले भने, तर काम भने केही छैन् । यसले कार्यकर्ता पनि भ्रममा परिरहेका छन् ।
उनले प्रदेशका ती नेताहरुलाई आफ्नो हैसियत आफैं बनाउन आग्रह पनि गरे । केन्द्रीय ठूलो नेताहरुको हैसियत सापटी नलिइ पार्टीका लागि काम गर्न उनले अनुरोध गरे । प्रदेश २ मा नेकपा विपक्षी र प्रशासनबाट रक्षात्मक अवस्थामा रहेको उनले बताए ।
प्रदेशमा बढी विपक्षीले जितेका कारण प्रहरी प्रशासनले उनीहरुकै कुरा सुनेर आफ्ना कार्यकर्तालाई फसाउने काम गरिरहेको उनको भनाइ छ ।
प्रदेशका प्रहरी प्रशासनले जनताको समस्याको वास्तविक छानबिन नगरी जघन्य अपराधलाई समेत बेवास्ता गरिरहेको उनको आरोप छ । अपराध गर्नेलाई उन्मुक्ति दिने गरिएको छ भने निर्दाेषलाई फसाउने काम गरिरहेको छ, उनले भने ।
प्रदेशभित्रको पार्टी समस्याबारे पार्टीको संगठन विभागमा निवेदन दिइसकिएको बताउदै उनले विवादित विषयमा छिटो निर्णय गरी सर्कुलर गर्न आग्रह गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here