मोतीपुर,१७ कार्तिक / चन्द्रपुर नगरपालिका वडानं ८ मा ३३ लाखको लागतमा छठघाट निर्माण सम्पन्न भएको छ । प्रदेश सरकारको लागत सहभागितमा ३३ लाखमा मोतिपुरमा बनेको छठ घाट आर्कषक बनेको छ । छठ पुजाका लागि श्रद्धालुका लागि सित नपरोस भनेर पोखरीको तीन तिर जस्ता हालेर जिल्लामै नमुना छठघाट बनाइएको निार्माण समितिका सरोज बछारले जानकारी दिएकाछन् । ब्यावस्थीत नमुना सो छठघाटमा श्रद्धालुभक्तका लागि रातीको समयमा बस्नका लागि उपयुक्त हुने हिसावले निर्माण सम्पन्न भएको हो । तराई मधेश सम्बृद्धी कार्यक्रम अन्र्तत प्रदेश सरकार र स्थानीय बासिन्दाको जनसहभागितामा बनेको सो छठघाट जिल्लामै नमुना रहेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । सो स्थानमा रहेको छठघाट अन्य समयमा योग गर्नका लागि समेत उपयोगि हुने हिसावले निर्माण गरिएको अध्यक्ष बछारको भनाइ रहेको छ । घाटको अगाडी खाली रहेको जमिनमा चिल्ड्रेन पार्क बनाउने लक्ष रहेको र त्यसका लागि सम्बन्धीत निकायसंग सहकार्य गर्ने काम भइरहेको अध्यक्ष बछारको भनाइ रहेको छ ।
सो स्थानलाई अझै राम्रो बनाउनका लागि स्थानीय युुवाहरु सक्रिय भएर लागेको र सो घाटमा बिहान पोखरीको शान्त स्थानमा बसेर योग गर्नेहरुका लागि एकान्त र उपयोगी समेत रहेको स्थानीयको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here