काठमाण्डौं, १८ कार्तिक । पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई धरपकड नगर्न प्रहरीलाई आदेश दिएको हो । अदालतका उप–रजिस्टार शम्भु रेग्मीले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरिएको अनलाइनखबरलाई बताए ।
भिटेनले एक साताअघि सार्वजनिक गरेको पारा नामक गीतमा अश्लील शब्द र गालीगलौज गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्राचार गरेको थियो । यो विषय सार्वजनिकलगत्तै उनले युट्युबको ट्रेडिङ नं. १ मा रहेको आफ्नो गीत हटाएका थिए । साथै, प्रेस विज्ञप्ति समेत जारी गरेर गीतलाई संशोधनपछि पुनः राखिने पनि जनाएका थिए । त्यहीबीच उनले अदालतमा प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिए । अदालतमा निवेदन परेपछि प्रहरीको महानगरीय अपराध महाशाखालाई अनुसन्धानको जिम्मेवारी प्रहरी प्रधान कार्यालयले दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here