जनकपुर,२० कार्तिक / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताले अब फेरि अर्को प्रतिगमनका विरुद्ध पनि सङ्घर्ष गर्नु पर्ने बताएका छन् । अब उपरान्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न सरकारले दिएको निर्देशनविरुद्ध जसपा अध्यक्ष यादवले एक विज्ञप्ति जारी गरी जनतालाई यसको स्पष्ट जवाफ नेपाल कम्युनिष्ट पार्टीले दिनुपर्ने बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, संघीय लोकतान्त्रिक गणतन्त्रनेपालको संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गतन्त्रात्मक शासन व्यवसथा उल्लेख गरिएको छ । त्यसैगरी संविधानको धारा ४ नेपाल राज्यः (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न सद्रीय लोकतान्त्रिक गतन्त्रात्मक राज्य हो भनि लेखिएको छ । तर नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले असोज ११ गते गरेको निर्णय अनुसार निर्णय कार्यान्वयन सम्बन्धमा कार्तिक ४ गते जारी गरिएको सरकारको निर्देशनमा “सद्रीय लोकतान्त्रिक गणतन्त्र, नेपाल र अंग्रेजीमा “फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल नलेख्नु भनि आदेश जारी गरेको छ ।
सरकारको उक्त निर्णय, निर्देशन र आदेश असंवैधानिक हुनका साथै जनताले सङ्घर्ष, त्याग र बलिदानद्वरा प्राप्त गरेका संघीय प्रणाली, समावेशिता, लोकतान्त्रिक गणतन्त्रकै विरूद्धमा रहेको दाबी अध्यक्ष यादवले गरेका छन् । अतः यो लोकतान्त्रिक गणतन्त्र, संघीय प्रणली र समाबेशी लोकतन्त्रलाई नै धरापमा पारी मुलुकलाई निरङकुशतातर्फ अर्थात प्रतिगमन तर्फ लैजाने षड्यन्त्र गरिएको हो कि ? भन्ने प्रश्न उनले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here