जनकपुर,२० कार्तिक/ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमित भएको कुरा लुकाएको खुलेको छ । करिब दुई साताअघि नै मुख्यमन्त्री राउतलाई संक्रमण पुष्टि भएपनि उनले गोप्य राखेका थिए ।
जनता समाजवादी पार्टीको समायोजनको क्रममा काठमाडौंबाट फर्किदा उनलाई ज्वरो आएपछि स्वाब परिक्षण गराउ“दा कोरोना पोजेटिभ देखिएको थियो ।
तर मंगलवार आएको रिपोर्टमा उनलाई कोरोना नेगेटिभ आएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । उनीसंगै उनको सुरक्षामा खटिएका दुई जना नेपाली सेनालाई समेत संक्रमण भएको बताइएको छ । तर मुख्यमन्त्री राउत संक्रमित नभएको उनको सचिवालयले बताउँदै आएको । उनी काठमाडौँ जानुअघि प्रदेश २ का विभिन्न जिल्लामा हजारौँको भिडभाडकाबीच आयोजित पार्टी प्रवेश कार्यक्रममा समेत सहभागी भएका थिए ।
उनीसंगै सहभागी भएका जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र उनका पत्नी हिसिला यमी समेत संक्रमित छन् । उनीहरुले संक्रमण पुष्टि भएको समाजिक संजालमार्फत जानकारी गराएपनि मुख्यमन्त्री राउत तथा उनका सुरक्षकर्मी संक्रमित भएको गोप्य राखिएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका अन्य धेरै नेताहरुलाई समेत संक्रमण पुष्टि भएपनि गोप्य राखिएको बताइएको छ । मुख्यमन्त्री राउतले नै कोरोना संक्रमण भएको रिपोर्ट लुकाएपछि समाजिक संजालमा विभिन्न टिकाटिप्पणी समेत भइरहेको छ । तर रिपोर्ट किन लुकाइएको विषयमा मुख्यमन्त्री तथा उनका सचिवालयले मुख खोलेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here