चन्द्रपुर,२१२कार्तिक / चन्द्रनिगाहपुर गौर सडकको चन्द्रपुर अस्पताल र नेपाल विद्युत प्रधिकरणको अगाडीको सडकमा दुर्घटना बढदै जान थालेको छ ।
बुधबार राती सो स्थानमा भएको दुर्घटनामा एकजना चन्द्रनिगाहपुरका युवाले ज्यान गुमाउनु परेको थियो । चन्द्रनिगाहपुर गौर सडकको चन्द्रनिगाहपुर स्थित मुख्य सडकबाट दउराली चोक सम्मको सडकमा दुर्घटनाको खतरा बढदै जान थालेको स्थानीय बासिन्दाले बताएका छन् । सडकको एक साईडमा बन्दै गरेको नालामा लाग्ने समानको मनपरी रखाइ ,चन्द्रपुर अस्पतालमा ,विद्युत र साह ड्रग्समा आउने सेवाग्राही र बाटोमा राखिएका ठेलाका कारण सो स्थानमा दुर्घटना बढदै जान थालेको नेपाली काग्रेसका नेता तथा स्थानीय युवा मुकेश गिरीको भनाइ रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर चन्द्रपुर अस्पताल अगाडी टूाफिक प्रहरी खटााउनु पर्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ । उक्त स्थानमा कुनैपनि बेला सवारी दुर्घटना हुने भएका कारण सो स्थानमा एकजना ट्राफिक प्रहरी खटाउनुपर्ने स्थानीय युवा रबी राना मगरले तराई एक्सप्रेसलाई बताए ।
चन्द्रपुर अस्पतालमा आउने सेवाग्राहीको सवारी साधान र विद्युतमा बिल तिर्न आउने सेवाग्राहीको सवारी साधानमा कारण अस्पताल आसपासमा सवारी साधानको भिड लाग्दा दुर्घटना बढदै जान थालेको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रपुर अस्पतालको दुई सय मिटर आसपासमा मोटर साइकल ,चार चक्के सवारी ठेला गाडाका कारण दुर्घटना बढदै जान थालेको हो । सो बिषयमा जिल्ला टूाफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कुनै चासो नदिएको स्थानीयको गुनासो रहेको छ । सो बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख संग सम्पर्क राख्न खोज्दा सम्पर्क हुन सकेन । चन्द्रपुर नगरपालिकाले सो स्थानमा बनाउदै गरेको नालामा प्रयोग हुने समान समेत राजमार्ग छेउमै राखेका कारण सवारी दुर्घटना बढेको भन्दै सामाजिक संजालमा चर्को बिरोध भएको थियो ।
अस्पताल र विद्युतको अगाडी हुने भिडकै कारण सो स्थानमा भएको सवारी दुर्घटनामा स्थानीय एक युवाले अकालमा ज्यान गुमाउनु परेको स्थानीयको भनाइ रहेको छ । सो बाटोमा हुने भिडका कारण सवारी दुर्घटना हुने र त्यसले कसैको अकालमा ज्यान जाने भन्दै स्थानीयले सम्बन्धीत निकायलाई बिभिन्न माध्यमबाट सचेत गराउदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here