रौतहट, २२ कात्तिक । घांस काट्न गएकी युवतीलाई जवर्जस्ती करणी गर्न खोजेको अभियोगमा रौतहट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मंगलपुर टोल बस्ने शुभराज थापा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
थापाले पौराई स्थित पूर्व पश्चिम लोकमार्ग सडक छेउ जंगलमा घास काट्न गएकी १६ वर्षीया युवतीलाई मुख थुनि समाती बल पुर्वक जंगलको झाडी तर्फ लगि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा थापा पक्राउ परेकाहुन ।