काठमाण्डौ,२४ कार्तिक । उखु किसानहरुले छठपर्वभन्दा अघि आफुहरुको सम्पूर्ण रकम भुक्तानी नभए मंसिर २७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई स्मरणापत्र बुझाउंदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उखु मिलहरुले आफूहरुसंग किनेको उखुको बक्यौता भुक्तानीमा उखु मिलहरुले ढिलाइ गरेको आरोप लगाएका छन् ।
उखु किसानहरुसंग गत वर्ष माघ महिना सरकारले गरेको लिखित सम्झौता कार्यान्वयन नभएको भन्दै समेत बताएका छन् । किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानहरुको सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिएका छन् । उनले उखु किसानका भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयमा परिपत्र गरिने बताए । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश कुमार मिश्रले आफ्नो उत्पादनको पैसा माग्न काठमाडौंमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए । यसअघि उद्योग मन्त्रालय र ऊखु किसान संघर्ष समितिबीच वि.सं. २०७६ साल पुष १८ गते ऊखु किसानहरूको भुक्तानी गर्ने पहल अघि बढाउने सहित पांच बुँदे सम्झौता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here