बागमती,२४कार्तिक । बागमती नगरपालिका–११ हरिहर क्षेत्रमा १७ करोडको लागतमा सुविधासम्पन्न फनपार्क निर्माण हुने भएको छ । जिल्लाकै ऐतिहासिक बागमती खोलाको किनारस्थित पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिका कार्यालयले फनपार्क निर्माण गर्न लागेको हो । पर्खाल निर्माणलगायत केही कामबाहेक १७ करोड रुपैयाँमा झण्डै ९० प्रतिशत काम गर्ने गरी ठेक्का सम्झौता भएको नगर प्रमुख भरत थापाले जानकारी दिए । नगरपालिकाले फनपार्क, आफ्नो गौरवको योजना रहेको बताए । फनपार्क निर्माण भएपछि बागमती नगरपालिकाको मात्र नभएर प्रदेश २ को पर्यटकीय विकास र स्थानीयको महत्व राख्ने कला संस्कृतिको संरक्षण, आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको नगर प्रमुख थापाको भनाइ छ ।
पूर्वपश्चिम राजमार्ग कर्मैयाबाट २ किलोमिटर उत्तरमा बन्न लागेको फनपार्कको २०७५ साल वैशाख १३ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शिलान्यास गरेका थिए। निर्माण स्थलको छनोट, जग्गा अधिग्रहण, मुआब्जा वितरण, ठेक्का प्रक्रियालगायत कारणले फनपार्क निर्माणमा केही ढिला भएको नगर प्रमुख थापाले स्विकारेका छन् । फनपार्कमा सुविधासम्पन्न अतिथि गृह, स्विमिङ पुल, चिल्ड्रेन पार्क, पिकनिक स्पट, होटललगायत संरचना निर्माण गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमल प्रसाद पोखरेलले जानकारी बताए । पार्क निर्माणमा नगर विकास कोष र नगरपालिकाको ५०र५० प्रतिशतमा सम्झौता भएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा १७ करोड रुपैयामा ठेकेदार कम्पनीसँग सम्झौता भए पनि निर्माण सम्पन्न गर्न २७ करोड लाग्ने प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिए । एक वर्षभित्रै निर्माणको काम पूरा गर्ने गरी गौरी पार्वती सुनकोसी धुलिखेल जेभी नया“ बाँनेश्वर काठमाडौंले ठेक्का सकार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here