??????

गरुडा,२५ कार्तिक / जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले केपि शर्मा ओलीलाई सरकारमा बसिरहनु नैतिकता बिपरित भएको टिप्पणी गरेका छन । आफैले निर्माण गरेको संविधान उल्टाउनु र सरकारको नेतृत्व गर्नु प्रधानमन्त्री ओलिको नैतिकताले दिदैन राजपा अध्यक्ष यादवले टिप्पणी गरेका हुन । रौतहटको देवाही गोनाही नगरपालिका स्थित सोमबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम लाई संबोधन गर्दै प्रदेश सरकारको सबै अधिकार कटौती गर्ने नेकपाको सरकारको विरुद्ध अर्को आन्दोलनको आवश्यकता रहेको उनले बताए । छिमेकी मुलुक भारतको बिहार राज्यको उदाहरण दिदै पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले प्रदेश सरकारको आफ्नो शासन, आफ्नो प्रशासन र आफनै नियम कानुन हुन्छ तर संघीय सरकारले सबै अधिकार कटौती गरेको आरोप लगाएका छन । मधेसी जनताले अधिकार र पहिचानको लागि फेरि अर्को आन्दोलन को आवश्यकता रहेको र जनता समाजबादी पार्टी नेतृत्व लिन तयार रहेको उनले बताएका थिए । कार्यक्रममा अर्का नेता राजकिशोर यादवले ईतिहांसको हरेक आन्दोलनमा रौतहटका जनताको अग्रणी भुमिका रहेको बताउदैं अधिकारको लडाइँमा साथदिन आग्रह गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश २ का भुमी ब्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले नेकपा सरकारले मधेसी जनताको आंखामा छारो हालिरहेकाले सजग रहनुपर्ने बताएका थिए । मधेस र मधेसीको हक अधिकार दिलाउने एकमात्र पार्टी जसपा रहेको मन्त्री यादवले बताएका थिए । १० बर्षे जनआन्दोलनको नेतृत्व गरिसकेका डाक्टर बाबुराम भट्टराई जस्ता शक्ति यसै दलमा आउनुको अर्थ जसपानै आउदा दिनमा सबै को दलहुने बताएका थिए ।
कार्यक्रममा प्रदेश सांसद रामकिसोर यादव , केन्द्रिय सदस्य बिन्देश्वर यादव लगायत ले बोलेका थिए । सोही अवसरमा ईशवरिलाल यादव , बिरबहादुर यादव , शिवपुजन यादवको नेतृत्वमा कांग्रेस नेकपा परित्याग गरि दर्जनौं मानिस राजपामा प्रवेश गरेका थिए । पार्टी अध्यक्ष उपेन्द्र यादवले नवप्रवेसिलाई माला र टीका लगाई स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here