रुपेन्द्र पटेल /चन्द्रपुर,२४ कार्तिक ।
सरकारले सामुदायीक विद्यालयमा शुल्क नलिने भनेको भएपनि रौतहटका सामुदायीक विद्यालयले मनपरी शूल्क लिने गरेको पाईन्छ ।
जिल्लाका केही सामुदायिक विद्यालयले नगरपालिकाबाट पाठ्य पुस्तकाको रकम निकाशा गरेको भएपनि विद्यार्थीलाई भने पुराना किताव पढन दिएर आर्थिक अनियमिता गरेका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिकाका अधिकांस विद्यालयले विद्यार्थीलाई पुराना किताव दिएको गुनासो बढदै जान थालेको छ । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाको मिलेमतोमा विद्यार्थीलाई पुराना किताव दिएको अनुमान गरिएको छ ।
दुर्गा माध्यमिक विद्यालय चन्द्रनिगाहपुरले कक्षा सात भन्दा माथिका विद्यार्थीका लागि पुरानो गत बर्ष प्रयोग भएको किताव बितरण गरेको विद्यार्थी बिबिका श्रेष्ठले तराई एक्सप्रेसलाई बताइन् ।
चन्द्रपुर नगरपालिकाका १ र २ नम्बर वडाका विद्यालयले कक्षा १ का विद्यार्थीलाई पुरानो किताव दिएको अभिभावकहरुले बताएकाछन् । राज्यले कुनैपनि सामुदायिक विद्यालयले शुल्क लिन नपाउने कानुनी ब्यवस्था गरेको भएपनि रौतहटका अधिकास विद्यालयले परिक्षा शुल्क ,मसिक शुल्क तथा भर्ना शुल्क समेत लिदै आएकोले आफुहरुले त्यसको कडा बिरोध गर्ने तयारी गरेको अनेरास्ववीयुकी केन्द्रीय सदस्य प्रतिक्षा कार्कीले बताइन् ।
गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयले अग्रेजी काध्यमको पढाई संचालनको लागि भन्दै विद्यार्थीसंग शुल्क असुलेपछि बिभिन्न विद्यार्थी संगठनले त्यसको चर्को बिरोध गरेको भएपनि जिल्लाका अन्य विद्यालयले लिने गरेको शुल्क र पुराना किताव दिएर पाठ्य पुस्तकमा गरेको अनियमिताको बिषयमा कुनै चासो नलिएको पाईन्छ ।
जुडिबेलामा रहेको श्री माध्यमिक विद्यालयले पनि विद्यार्थीसंग बिभिन्न बाहानामा शुल्क असुल्ने गरेको विद्यार्थीहरुको भनाइ रहेको छ ।
राज्यले गरिवका छोराछोरी पढने सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क नलिन भनेको भएपनि रौतहट जिल्लाका सामुदायिक विद्यालयको मनोमानी बढदै जान थालेको स्थानीय अभिभावकहरुको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुले चर्को शुल्क लिने गरेको र पुरानो पाठ्य पुस्तक बिरण गरेको बिषयमा शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलसंग सम्पर्क गर्न खोज्दा उनको मोवाइल अफ रहेको थियो ।
पुरानो किताव दिने र शुल्क असुल्ने विद्यालयका बिषयमा आफुले शिक्षा शाखासंग समन्य गरेर कार्वाहीको प्रक्रिया अगाडी बढाउने चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले बताए । २०७७ कार्तिक २५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here