अशोक पहाडी
रौतहट,२७ कार्तिक । जिल्लाको माधव नरायाण नगरपालिकामा एक युवतीको गोली हानी हत्या भएको छ । माधव नरायण नगरपालिका वाडनं ७ लौकाहाका राम अयोधी साहकी १८ बर्षकी छोरी अनिता कुमारी साहको हत्या भएको हो । गएराती ११ बजेको समयमा घरमा सुतीरहेको अवस्थामा साहको हत्या भएको स्थानीय बासिन्दा तथा पत्रकार ओम प्रकाश यादवले तराई एक्सप्रेसलाई बताए । घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी टोली घटना स्थलमा जादै गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।