अशोक पहाडी
रौतहट,२७ कार्तिक । नेपाल भारत सिमा नाका खोल्नुपर्ने भन्दै रौतहटको गौर स्थित सिमा क्षेत्रमा प्रर्दशन भएको छ । बिहानैबाट गौर ,बैरगनिया सिमाको नेपाल तिर नाका खोल्न माग गर्दै बिरोध प्रर्दशन भएको हो ।
करिब एक हजारको संख्यामा रहेका नेपालीहरुले चाडबाडका बेला सिमा नाका नखोलेको भन्दै बिरोधमा उत्रेका हुन् । भारतले सिमा खोलेपनि नेपालले सिमा नखोलेका कारण चोरबाटो भारत आउ जाउ गर्दे आएका नेपालीलाई भारतीय सुरक्षाबल एसएसबीले चोरबाटो नभएर मेन नाकाबाट आउन भनेपछि सिमा क्षेत्रका नेपाली बाध्य भएर बिरोधमा उत्रेका स्थानीय बासिन्दा मुन्ना तिवारीले तराई एक्सप्रेसलाई बताए ।
नेपालीहरुको चाड तिहार र छठको बेलामा मेन नाका बन्द गरेको र चोरबाटो किनमेल गर्न जादा एसएसबीले रोकेकाले आफुहरु बाध्य भएर सिमामा प्रर्दशन गर्न बाध्य भएको स्थानीय जगरनाथ साहले तराई एक्सप्रेसलाई बताए ।