चन्द्रपुर,२८ कार्तिक / पुर्व पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डको बिभिन्न स्थानमा सडकको जमिन अक्रिमण भएको भएपनि त्यसलाई हटाउने तर्फ सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरले ध्यान दिएको छैन् ।
बेला बेला हुने सवारी दुर्घटनाका बेला सडक डिभिजन कार्यलयले सडक अतिक्रमण हटाउन सुचना जारी गर्ने गरेको भएपनि त्यसपछि फेरी कानमा तेल हालेर बस्ने गरेको छ ।
सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसाद साहको कारणनै सडक अतिक्रमण बढेको स्थानीयको भनाइ रहेको छ ।
पुर्व पश्चिम राजमार्गको रौतहटको धन्सार देखी सर्लाही सम्मको सडक खण्डको बिभिन्न स्थानमा सडक अतिक्रण गरेर राजमार्ग छेउमा बनाइएका घर टहराका कारण सवारी दुर्घटनाको खतरा बढदै जान थालेको बागमतीका स्थानीय बासिन्दा गोपाल घिमिरेले बताए ।
पुर्व पश्चिम राजमार्गको केन्द्र भागबाट २५ मिटर खाली गराउनु भन्दै सुचना निकाल्ने सडक बिभाग चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसाद साहले २५ मिटर भित्र बनेका भौतीक संरचना हटाउने तिर ध्यान नदिएका कारण राजमार्गमा सवारी दुर्घटना बढ्दै जान थालेको चन्द्रनिगाहपुरका स्थानीय युवा रबीराना मगरले बताए ।
चन्द्रनिगाहपुर गौर सडक खण्डको बिच भागबाट १५ मिटर खाली गराउनुपर्नेमा त्यो समेत हुन सकेको छैन् । बिगत लामो समयदेखी राजमार्गको जमिन अतिक्रमण गरेर बनेका घर टहरा हटाउने तिर सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ध्यान नदिदा भएका सवारी दुर्घटनामा कयौले ज्यान गुमाउनु परेको थियो ।
रौतहटका स्थानीय बासिन्दा समेत रहेका सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख साह रौतहट आएपछि कुनै गतीलो काम गर्न नसकेको भन्दै राजनैतिक दलका नेताहरुबाटै आलोचना हुदै आएको छ ।
पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरको खुख्य चोकमै सडक अतिक्रण गरेर ठेला गाडा राखेर टहरा हालेर ब्यापार ब्यावसाय भएको भएपनि त्यसलाई हटाउने तिर दरोगाको ध्यान जान नसकेको गुनासो बढदै जान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here