गरुडा,२८ कार्तिक / पछिल्लो समय रौतहट प्रहरी धमाधम भिबिन्न अबैध समान बरामद गर्न थालेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाले वेवारिसे अवस्थामा फेला पारी बरामद गरको अवैध मदिरा र पटाका नष्ट गरेको छ ।
सो कार्यलयले विभिन्न समयमा बरामद गरेको अवैध घरेलु मदिरा १ सय ६० लिटर र भारतबाट चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा बरामद भएको पटाका नष्ट गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । प्रहरीले सो कार्यालय देखी पुर्व, उत्तर गौर–चपुर सडकखण्ड स्थित सडकको पश्चिम किनारमा ईलाका प्रशासन कार्यालय गरुडा, गरुडा नगरपालिका गरुडा रौतहटको प्रतिनिधी तथा संचारकर्मीको रोहवरमा सो परिमाणको मदिरा र पटकाहरु रावलले बताए ।
उहाले चाडवाडको समयमा हुनसक्ने अपराधिक कृयाकलाप रोक्नको लागि प्रहरीले विशेष सुरक्षा निति अपनाउंदै गस्ती गरिरहेको र शान्ति सुरक्षा कायम गर्न समुदायको सहभागिता पनि महत्वपूर्ण भएकाले समुदायले सुचना, जानकारी, सल्लाह, सुझाव दिएर प्रहरीलाई सघाउनुपर्नेमा जोड दिए ।