रौतहटमा चार मिहनाको अन्तरामा पाच जना महिलाको हत्या भएको छ । एकपछि अर्को महिला हत्याका घटना जिल्लामा बढदै जना थालेको छ । बिभिन्न बाहनामा बितेको तीन महिनामा पाचजना महिलाको हत्या भएको हो । जिल्लामा महिला हत्या बढ्दै जान थालेको छ ।
अशोक पहाडी ,चन्द्रपुर,२७ कार्तिक ।
बुधवार राति एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका(७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारी साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । बुधवार राति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट युवतीको घटनास्थलमै मृत्यु भएको रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । विवाहित अमृता कुमारीलाई कसले र किन हत्या गर्यो सो भन्ने बारे हालसम्म केही खुल्न नसकेको तथा घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
युवतीको हत्या प्रेम सम्बन्धको कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गत २०७६ फागुनमा युवतीको विहे सर्लाहीको मधुवनगोठ गाउका रुपेश साहसँग भएको थियो तर विहेपछि युवतीको एकजना पुरुषसँग अबैध प्रेम सम्बन्ध कायम भएको थियो । असारमा युवती अमृता कुमारीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा बस्दै आएकी थिइन् । युवतीको हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भइसकेको र हाल उनीहरु फरार रहेकाले व्यापक खोजतलास भइरहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । गत असोज १६ गते शुक्रबार दिउसो घांस लिन गएकी एक १६ बर्षिय युवतीको गाउकै उखुबारीमा बलात्कार पछि हत्या भएको छ ।
बृन्दावन नगरपालिका वडानं ४ हरैयापल्टुवामा घांस काटन गएकी एक १६ युवतीको बलात्कार पछि हत्या भएको थियो ।
जिल्लाको गढीमाई नगरपालिका वडानं १ का स्थानिय सिताराम साह कानुका १६ वर्षिय छोरी बृन्दावन नगरपालिका वडानं ४ हरैया पल्टुवा मामा घर बस्दै आएकी थिइन । उनको बलत्कार पछि हत्या भएको थियो । गत भदौ १४ गते जिल्लाको गढीमाई नगरपालिका वडा नं. ३ मुसहरी टोलका स्थानिय सकल बैठकी श्रीमती मिन्त्रा देवी बैठाको पनि घांस काटन जादा उखुबारीमै हत्या भएको थियो । बिहान घँंस काटन खेतमा गएकी मिन्त्रा देवी साझसम्म घर नफर्केपछि घरपरिवारका सदस्यले खोजतलास गर्दा बेलुकी स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव फेला परेको थियो । गत असोज ९ गते राती देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउका स्थानीय महेश तिवारीको दम्पतीमाथी आक्रमण हुदा महेशकी श्रीमती जगरामी देवीको मृत्यु भएको थियो । सांझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए । गत असोज २२ गते रौतहटको दुर्गा भगवती गाउपालिकाको वडा नम्बर ४ छतौनाका महमद धुनियाको ७ बर्षिया छोरी रोबिना मन्सरीको हत्या भएको थियो । रोबिनाको छतौनाका ३३ बर्षिय फुल महम्मद, ४२ बर्षिय लाल महम्द, ५) बर्षिय नसुद्दीन मन्सुरी र निजकै श्रीमती ४३ बर्षिया सहनाज मन्सुरी सहित चार जना मिलेर छिमेकी जनरल कवाडीको घरमा राखेर उनीहरु फरार भएका थिए । असोज १४ गते प्रहरी हिरासतमा एक जना महिलाको मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको हो । जिल्लाको गुजरा नगरपालिका वडा नं–२ कटानी बजारकी राधिका राउत बिहीबार विहान इलाका प्रहरी कार्यालको महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी थिइन । जिल्लामा एकपछि अर्को हत्याको घटना बढ्दै जादा जिल्लाका ग्रामिण भेगका बासिन्दामा त्रासको बाताबरण बनेको स्थानीयको भनाइ रहेको छ ।