जनकपुर, २९ कार्तिक । कपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरका सुवोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान करिब साढे ९ बजे एक युवकले एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते भएकी आरतीको अहिले जनकपुरधमको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले एसिड प्रहार गर्नेको खोजी भइरहेको बताए । उनका अनुसार एसिडबाट आरतीको मुहार र छातीको भाग जलेको छ । जनकपुरधाम उपमहागरपालिका वड़ा नम्बर २० देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला शनिबार बिहान एसिड प्रहार भएको स्थानीयले बताएका छन् ।