रुपेन्द्र पटेल
चन्द्रपुर,२९ कार्तिक ।
तिहार र छठको बेला रौतहटको बजारमा तरकारीको भाउ आकाशियको छ । पछिल्लो समय रौतहटको बजारमा तरकारीको भाउ बढदै गएका कारण आम सर्बसाधारण मारमा परेको गुनासो बढदै जान थालेको हो ।
जिल्लाको बजारमा यतिबेला काउली प्रतिकिलो १२० देखि १४० रुपैया, टमाटर एक सय रुपैया आलु ८० देखि ९० रुपैयँ, प्याज १२० रुपैयँ, हरियो खुर्सानि १६० देखि १८० रुपैयँ सम्म रहेको ब्यापारीहरुले बताएका छन् । केही दिन आगाडीको बजारमा न्युन रहेको तरकारीको मुल्य चाडबाडको मुखमा आएर बढन थालेको हो ।
तरकारीको मुल्य मात्र नभई बजारमा खाद्यय समाग्रीको मुल्य समेत बढेको छ । चिनि, खाने तेल, मसलाहरु जस्ता खाद्यय समाग्रीको मुल्यमा बृद्धि भएको स्थानिय उपभोत्तलाहरुले बताएका छन् । बजारमा तरकारी तथा खाद्यानको मुल्य बढेपछि जिवन यापन गर्न निकै कस्ट भएको चन्द्रपुर ६ का स्थानीय गृहणी सोनिया साहले बताइन । बजारमा चाडबाडकै बेला तरकारीको महगीका कारण किनेर खानै नसक्ने अवस्थामा पुगेको छ । तरकारीको मुल्य घटाउनु पर्ने स्थानियको माग छ ।
होलसेलमै तरकारीको भाउ बढेको तरकारी ब्यापारीको भनाइ रहेको छ । स्थानीय ब्यापारी बेचन साहका अनुसार तरकारीको भाउ पछिल्लो समय धेरैनै बढेको हो । जिल्लाका स्थानिय तहहरुले नामको मात्र बजार अनुगमन गरने गरेको उपभोक्ताहरुको भनाइ रहेको छ ।
जिल्लामा कडा रुपमा बजार अनुगम नहुदा आम उपभोक्ता महगीको मारमा परेको छन् । जिल्लाका स्थानिय तहमा भत्ताका लागि मात्र बजार अनुगमन भएका कारण उपभोक्ता मारमा परेका हुन । बजार अनुगमन राम्रो नभएका कारण आम उपभोक्ता मारमा परेको नेपाली काग्रेसका युवा नेता मुकेश गिरीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here