संजय मिश्रा
रौतहट ३० कार्तिक । रौतहटको कटहरिया नगरपालिकामा कोल्डस्टोर निर्माण , उन्नत बिउ, सिचाई सुबिधा र बिप्पनलाई बिधुत महशुल निशुल्क हुने भएको छ । कटहरिया नगरक्षेत्र अन्तरगत अधिकांश परिवार कृषीमा आधारित रहेकाले उनीहरुको आर्थिक अवस्था उकास्न बिभिन्न महत्वपुर्ण योजना ल्याएको मेयर सियाराम कुश्वाहाले बताएका छन । कृषकको उत्पादनलाई बिक्रीदर संतुलित राख्न कटहरिया १ र २ मा आधुनिक किसिमको कोल्डस्टोर सहीत बजारीकरणको लागी १ करोड १० लाखरुपैया बिनियोजन गरेको मेयर कुश्वाहाले जानकारी दिएका छन । कोल्डस्टोर निर्माणको काम अबिलम्ब सुरुगरीने योजना रहेको मेयर कुश्वाहाले जनाएका छन । कटहरियाको हालै सम्पन्न पाँचौ नगरसभाले नगरक्षेत्र भित्रका कृषीकार्यको लागी लाग्ने सम्पुर्ण बिधुत महशुल निशुल्क र दलित गरीब बिप्पनलाई घरबतीको लागी २० युनिट सम्मको बिधुत महसुल नगरपालिकाले तिर्न ४५ लाख रुपैया बिनियोजन गरेको छ ।
कृषकको माटो परिक्षण र निशुल्क उन्नतजातको धानको बिउ बितरण,कृषी उत्पादन केन्द्र पौकेट विकास कार्यक्रमको लागी नगरसभाले ३५ लाखरुपैया छुटयाएको छ । आधुनिक र ब्यवसायीक कृषीफर्म संचालनका लागी निशुल्क मोटर बितरणको लागी ५ लाखरुपैया छुटयाएको छ । त्यसैगरी भुमीब्यवस्था तथा सहकारी,पशुपंछी माछापालनलाई प्राथमिक्तामा राखेको छ । पर्यटन तथा संस्कृती,उधोग बाणिज्य बितिय,शिक्षा तथा खेलकुदलाई प्राथमिकतामा राखेको छ । स्वच्छ शहर कटहरिया नगरको नारा अबलम्बन गर्दै वडा ४ र ५मा बर्षाको पानी ब्यवस्थापनको लागी स्टेभ डेनेज निर्माणको लागी नेपाल सरकारको लगानीमा ५६करोड,५० लाखमा टेण्डर भएको छ । उक्त योजनामा नगरपालिकाले ५ प्रतिसत रकमको लागी रु ५करोड २४ लाखरुपैया लगानी गर्नुपर्नेमा यस आर्थिकबर्षमा १ करोड२५लाख रुपैया बिनियोजन गरेको छ । कटहरिया १ छेदिचौकमा १३ वटा दलित भवन निर्माणको लागी १ करोड १० लाखरुपैया नगरसभाले छुटयाएको छ । त्यसैगरी सुत्केरीको लागी प्रयोगहुने एम्बुलेन्स निशुल्क,,दिउसो बिहेगर्ने केटीपक्षलाई २५हजार र केटापक्षलाई १० हजार प्रोत्साहन दिने निर्णय अनुसार दुईलाख ५०हजाररुपैया बिनियोजन गरेको छ । त्यसैगरी नगरक्षेत्र अन्तरगतका बाटो ,बिधालय,स्वास्थ केन्द्र सिचाई,भवन शहरी विकास,लगायतमा बिषेश प्राथमिक्तामा राखिएको छ । दुरसंचारलाई भरपर्दो बनाउन प्रत्येक वडाको ५ स्थानमा निशुल्क वाईफाई जडानको लागी ८ लाखरुपैया बिनियोजन गरेको छ । नगरसभाका प्रमुख अतिथी प्रदेश सांसद कुन्दन कुश्वाहा र बिशिष्ट अतिथी सिडियो ईन्द्रदेव यादवले कटहरिया नगरपालिकाले ल्याएको महत्वपुर्ण योजनाहरुको खुलेरै सराहना गरेका थिए । आर्थिकबर्ष २०७७।०७८ को लागी संघिय सरकार,प्रदेश,र आन्तरीक स्रोत बाट कुल ४२ करोड, १९ लाख,३८हजार,चारसय ५७ रुपैयाको कुल बजेट मेयर सियाराम कुश्वाहाले प्रस्ताव गरेका थिए ।