रुपेन्द्र पटेल
रौतहट, ३० कार्किक ।
नेता उसलाई भनिन्छ जसले जनताको सुख दुःखमा साथ दिन्छन् । नेतृत्व गर्ने त धेरै हुन्छ तर जनताको सुख दुःखमा साथ दिने नेता कमै हुन्छन् । भोटको बेलामा ठूलाठूला भासन गर्ने नेता त रौतहटमा धेरै हुन् तर जनतालाई दुःख परेका बेला साथ र सहयोग दिने नेता कमै छन् । यो उदाहरण हो रौतहटको गरुडा निवासी, समाजसेवी तथा जसपाका केन्द्रीय सदस्य कन्थमनी प्रसाद जयसवालको रु उहाले जनताको हरेक सुखदुःखमा साथ र सहयोग दिँदै आएका छन् । छठ पर्वलाई लक्षीत गर्दै आज रौतहटको गरुडा नगरपालिका वडा नं। २ गेडहिगुठीमा छठ पर्व बस्ने ब्रतालुहरुलाई कपडा तथा साडी वितरण गरेका हुन् । तत्कालिन राजापा पार्टीका रौतहट क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी समेत रहेका नेता जयसवालले आईतबार छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर गेडहिगुठी गाउँका करिब एक साय ११ जना ब्रतालुलाई आफ्नो ब्यक्तीगत लगानिमा साडी सेट, तथा चुनरी वितरण गरेका हुन् । कोरोना भाईरस तथा बन्दाबन्दीका कारण प्रभावित व्यक्ति तथा अति गरिब बिपन्न परिवारलाई पहिचान गरि उहाँले सो समाग्री वितरण गरेको बताएका छन् । स्थानियका आम्दनि मरेका बेला तथा पर्वको समयमा सहयोगको रुपमा साडी वितरण गरेपछि नेता सयसवालाई स्थानियले धन्यवाद दिएका छन् । यस अघि लकडाउनमा पनि नेता जयसवालले रौतहटका करिब ७ हजार दैनिक ज्यालादारी गरेर जिवन चलाउने गरिब विपन्न परिवारलाई राहत वितरण गरेका थिए । आज सम्पन्न भएको कार्यक्रममा जसपाका स्थानिय नेता सोवी सहनि, कल्यान पटेल, भुप नारायन, श्री माध्यमिक विद्यालय गेडहिगुठीका प्रधानध्यापक जंग बाहदुर ठाकुर लगाएत दर्जनौ नेता तथा कार्यकारतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here