?????????????????????????????????????????????????????????

जनकपुर, ३० कात्तिक । जनकपुरबाट ५८ बोतल एसिडसहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान मात्रै जनकपुरमा भएको एसिड आक्रमण घटनामा धनुषा प्रहरीले अनुसन्धानको क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको हो । बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । एउटा बोतलमा ७ सय ५० एमएलको मात्रामा एसिड भेटिएको हो । एसपी बस्नेतका अनुसार आरोपित साहले विराटनगरका एक व्यापारीबाट एसिड खरिद गरेको खुलेको छ । विराटनगरमा बिक्री गर्नेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बरामद गरिएको एसिड करिब साढे ४३ लिटर रहेको प्रहरीले बताएको छ । ‘शनिबार आफ्ना पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साहलाई पक्राउ गरेपछि त्यसको अनुसन्धानमा जुटेका थियौं’,एसपी बस्नेतले भने, ‘त्यही क्रममा सन्जिवले नागेन्द्रबाट एक बोतल एसिड किनेर लगेको भेटियो । टुडेपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here