चन्द्रपुर,४ मंसिर / रौतहट जिल्लाको ट्राफिक ब्यावस्थापन खस्कदै जान थालेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहट मातहतका ट्राफिक प्रहरीले चन्द्रपुर नगरपालिकाको मुख्य चोककै ट्राफिक ब्यावस्थापन राम्रो संग नगरेका कारण सवारी दुर्घटनाको खतरा बढदै जान थालेको स्थानीयले बताए ।
चन्द्रनिगाहपुर गौर सडक खण्डको नेपाल बैंक देखी टेलिकम जाने बाटो सम्म दोहोरो पार्किङ रहेका कारण सवारी दुर्घटनाको खतरा बढदै जान थालेको स्थानीय ब्यापारी बिष्णु न्यौपानेको भनाइ रहेको छ । चन्द्रनिगाहपुरको मुख्य चोक देखी बजार सम्म सवारीको मनलाग्दी पार्किङका कारण समस्या उत्पन्न हुदै आएको छ । दिनभरी चोकमा बस्ने ट्राफिक प्रहरीले दयाबाया नहर्ने गरेका कारण पुर्व पश्चिम राजमार्गमै मनलाग्दी सवारी पार्किङले सवारी दुर्घटनाको संकेत दिदै गर्दा समेत ट्राफिक प्रहरीको ध्यान जान नसकेको स्थानीय बासिन्दा रमेश संग्रौलाले जानकारी दिए । चन्द्रनिगाहपुरको मुख्य चोक देखी टेलिकम जाने बाटो सम्म बस,टाटा सुमो,इ रिक्सा ,म्याजिक तथा ठेलागाडाको भिडका कारण समस्या भएको भएपनि चोकमा लिन्ठिङ बस्ने ट्राफिकले कुनै ध्यान नदिएको स्थानीय युवा रबीराना मगरको भनाइ रहेको छ ।
जंगल छेउमा रहेको ट्राफिक बिटमा बसेर सवारी चेकजाचको नाममा सर्बसाधारणलाई दुख दिने ट्राफिक प्रहरीले चोकको अस्तब्यस्त सवारी पार्किङ तिर ध्यान दिन छाडेको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रनिगाहपुरको पुर्व पश्चिम राजमार्गको दुबै ठेउमा सडक अतिक्रमण गरेर ठेला गाडामा ब्यापार गर्ने र मनपरी सवारी पार्किङ गर्नेका कारण सो स्थानमा कुनबेला ठुला सवारी दुर्घटना हुन्न ,पत्तो छैन ,एक स्थानीय ब्यापारीले तराई एक्सप्रेससंग गुनासो गरे ।
लकडाउन र निषेधाज्ञापछि दसै र तिहारको मुख राजश्व उठाउन चन्द्रनिगाहपुर गौर सडक खण्डमा धराप थाप्दै हिडने ट्राफिक प्रहरीले चन्द्रपुर नगरपालिकाको मुखमै रहेको अस्तब्यस्त ट्राफिक ब्यावस्थापन तिर ध्यान नदिएको भन्दै सर्बत्र आलोचना हुन थालेको छ ।