रुपेन्द्र पटेल
बृन्दावन, ५ मंसिर ।

रौतहटमा धुमधामका साथ छठ पर्व मनाइदै छ । जिल्लामा रहेको बिभिन्न नदि, पोखरी तथा ताल तलैयामा पन्डाल तथा टेन्ड लगाएर छठ पर्व मनाई रहेको छ । यस्तै छठ पर्वको पावन अवसरमा शुक्रबार साँझ रौतहटका बिभिन्न राजनितक दकका नेता तथा कार्यकरताहरुले घाँट घाँटमा पुगेर छठ ब्रतालुहरुसंग अशिरवाद लिएको पाईएको छ । नेकपाका नेता तथा पुर्व माननिय देबेन्द्र पटेल, बृन्दावका मेयर पदका प्रत्यासी बिनोध पटेल, राम प्रसाद पटेल, वडा नं २ का वडा अध्यक्ष सिकिन्द्र पटेलले बृन्दावको प्रत्येक छठ घाँटमा पुगेर छठ ब्रतालुहरुसंग आशिरवाद लिएको छ । उनिहरु बृन्दावको प्रत्येक छठ घाँटमा पुगेर श्रीसप्तामा अगरबती बालेर पुजा गर्दै सबैमा सुख सान्ती तथा समृद्धिको कामना गरेको पुर्व माननिय देबेन्द्र पटेलले तराई एक्सप्रेसलाई बताएका छन् । बृन्दावका मेयर पदका प्रत्यासी बिनोध पटेलले पनि सम्पुर्ण नगरवासी तथा देशवासीमा सुख सान्ती एवम् समृद्धिको कामना गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here