वीरगंज, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, पर्साका स्थानीय नेता मुकेश चौरासियाको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका–३, इटियाहीका ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसिया रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले वीरगञ्ज–२५, अली सिर्सियाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ परी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि ६ कात्तिकमा प्रसौनीमा सेलर मिलको भवनमा विन्दवासिनी गाउँपालिका कमिटीद्वारा सपथ ग्रहण गराउने क्रममा नेकपा कार्यकर्ताबीच झडप भएको थियो । त्यसक्रममा बाँसको भाटाले लागेर चौरासिया गम्भिर घाइते भएका थिए । उपचारका क्रममा न्युरो अस्पतालमा उनको मृत्यु भएको थियो ।