चन्द्रपुर,९ मंसिर / हरेक सोमबार र शुक्रबार चन्द्रनिगाहपुर बजारमा लाग्ने हाटबजार पछिल्लो समय सर्दे चन्द्रनिगाहपुर गौर सडक छेउमा आएको छ । ब्यापारीले चन्द्रनिगाहपुर गौर सडकको छेउमै पसल थाप्ने गरेका कारण सडकमा सवारीको जाम लाग्ने गरेको छ । राजमार्गसंगै च्यापेर पसल राखेका कारण सवारी दुर्घटनाको सम्भावना बढदै जान थालेको स्थानीय बासिन्दा तथा नेपाली काग्रेसका युवा नेता नरेश लामिछाने बताए ।
राजमार्गमै च्यापेर पसल राख्दा समेत चन्द्रपुर नगरपालिका र ट्राफिक प्रहरीको ध्यान नगएका कारण सो स्थानमा कुनबेला ज्यान जाने दुर्घटना हुन सक्ने लामिछानेको भनाइ रहेको छ । हाट बजारको दिन ब्यापारीले पसल सडकमै टसाएर राख्ने गरेकाले खतराको घण्टी बज्दै जान थालेको स्थानीयको भनाइ रहेको छ । सडक डिभिजन कार्यालय ,चन्द्रपुर नगरपालिका र ट्राफिक प्रहरीले चन्द्रनिगाहपुर गौर सडकमै बजार लाग्दा समेत चासो नदिएको स्थानीय युवा सन्नी राउतले तराई एक्सप्रेसलाई बताए ।
यता बजारको दिन झनझने टोल जाने बाटोमै बजार लाग्ने गरेकाले सवारी आवागमनमा अप्ठेरो हुदा समेत सम्बन्धीत निकायको ध्यान जान सकेको छैन् । बाटोमै बजार लाग्दा कुनै समय गाउमा आगलागि भएमा दमकल जाने समेत समस्या हुने भएका कारण सम्बन्धीत निकायले समयमै यस्तो बिषयमा चासो दिनुपर्नेमा स्थानीयले जोड दिएकाछन् ।
सो बिषयमा आफुले बुझेर तत्काल पहल थाल्ने चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here