चन्द्रपुर,९ मंसिर / रौतहटमा चल्ने टिफरसंग जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मासिक रकम बुझने गरेको पाइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा सइ ,असइले टिफरसंग मासिक रकम लिन थालेको सुइको पाउपछि सडकमा खटिने जवान सम्मले टिफर देख्नासाथ सिठि फुक्ने गरेको एक टिफर संचालकले जानकारी दिए । चन्द्रनिगाहपुर गौर रोडमा चल्ने टिफर संचालक तथा स्थानीय निर्माण ब्यावसायीले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखलाई मासिक रकम बुझाउने गरेकाले टिफर संचालकको समेत मनलाग्दी बढेको छ ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अलावा डुमरिया,गरुडा र गौरमा रहेका ट्राफिक पोष्टका असइ,हवल्दार र सिपाई सम्मले मासिक रकम माग्ने गरेका छन् ।
सरकारले तोकेभन्दा बढी भारवहन बोक्ने ,नम्बर प्लेट सम्म नराख्ने ,सडकमा मत्ताह सांडे झै चल्ने टिफरलाई नियन्त्रण गर्नुको साटो ट्राफिक प्रहरीले नजराना लिएर मनलाग्दी गर्न छुट दिएको स्थानीयको भनाइ रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुखले आफुलाई कमाएर दिन सक्ने ट्राफिक प्रहरीलाई कमाइ हुने डुमरिया, गरुडा र बागमती पठाउने गरेको पिडित ट्राफिक प्रहरीको भनाइ रहेको छ । नाममात्रको गरुडा ट्राफिक प्रहरी पोष्टले आफ्नै अगाडी बिना हेल्मेड मोटर साईकल चलाउनेहरुलाई वास्ता नगरी भारिय नम्बर प्लेटका सवारी र टिफरमा ध्यान दिने गरेको गुनासो बढदै जान थालेको छ ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रहेकै चन्द्रनिगाहपुरको मुख्य चोकमा मनपरी सवारी पार्किङ हुदा चोक डिउटीमा रहेका ट्राफिक लिन्ठिङ उभियर मुकदर्सक भएर बस्ने गरेको स्थानीय पसलेहरुको भनाइ रहेको छ । २०७७ मंसिर ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।