अशोक पहाडी
रौतहट ९ मंसिर । मदिरा शेवनगरी कुटपिट गरेर रौतहटमा एकजना ५० बर्षिय पुरुषको हत्या गरीएको छ । घटनाको केहीघन्टा नबित्दै प्रहरीले हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा ७ सखुअवा धमौरा बस्ने १९ बर्षिय विकास पासवान लगायत केही मानिसले सोमवार साँझ सोहीठाँउका अमिरी पासवानलाई कुटपिट गरेका थिए । अत्यधिक मदिरा सेवनगरी विकास पासवान लगायतका समुहले घरतर्फ जाँदैगरेका सोही ठाँउका अमिरी पासवानलाई गालिगलौज तथा कुटपीट संगै जोरले धक्कादिँदा ५० बर्षिय पासवानको टाउकोमा चोटलागेको थियो । घाईते पासवानलाई तत्कालै एम्बुलेन्स बाट गरुडा स्थित सिटि अस्पतालमा उपचारको लागी लगीएको थियो । टाउकोमा गम्भिर चोटलागेका पासवानको उपचारको क्रममा गएराती ८ बजेर १५ मिनेटमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएससपी रबी रावलले जानकारी दिएका छन ।