ओम प्रकाश यादव
गरुडा,१० मंसिर । रौतहटको मुख्य ब्यापारीक केन्द्र गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यात्रुुलाई ठुलोसास्ती खेप्नु परेको छ । ब्यापारीक केन्द्र,श्रीराम शुगर मिल्स,एकदर्जन बैंक रहेको गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालयको अभावमा दैनिक सैयौं मानिसलाई कठिनाई भएको छ । त्यतीमात्र नभई हप्ताको दुईपटक मंगलवार र शनिवार लाग्ने गरुडा हाट बजारमा रौतहट सर्लाही लागयत ठाउबाट दैनिक सयौ महिला पुरुष आउने गर्दछन । हाट बजारको अलावा ग्रामिण भेग बाट दैनिक सैयौं यात्रु काठमाण्डौ,पोखरा,बिराटनगर लगायतका लामो दुरीका दिवा तथा रात्री बस चढन दैनिक गरुडा आउने गर्दछन ।
किनमेलको प्रयोजनले गरुडाबजार आएका ब्यापारी तथा बाहिरिया कुनै महिला पुरुषलाई अचानक दिशा पिसाब लाग्दा शौचालय नभएर ठुलो समस्या हुनेगरेको एकजना ब्यापारी राम जनम साहले बताएका छन । गरुडा आउने यात्रु पिसाब फेर्न कतै गली कुची कुना कप्चा खोजेर जेन तेन काम चलाउने भएपनी दिशा लाग्दा धर्मशाला
अथवा बजार संगै रहेको एकजना ब्यापारी पंकज जयसवालको घरमा रहेको शौचालय जान बाहेक अन्य बिकल्प नरहेको ब्यापारी साहले बताए । बार्षिक करोडोैंको बजेट माटो र ग्रेभलमा सिध्याउने जन प्रतिनिधीहरु जन सरोकारको बिषयमा गम्भिर नभएको स्थानियहरुले टिप्पनी गर्नुभएको छ । यता गरुडा नगरपालिकाका मेयर ईन्दु राय यादवले गत वर्ष नै गरुडामा सार्वजनिक शौचालय बनाउने प्रतिवद्धता जनाएपनि हालसम्म निर्माण गर्न सकेका छैनन । तिन वर्षअघि खुला दिशा मुक्त घोषणा भईसकेको रौतहटको प्रमुख बजार गरुडामा हालसम्म सार्वजनिक शौचालय नहुनु आफैमा हास्यास्पद रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here