चन्द्रपुर,१० मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं–१० स्थित बडेर्वा र बलुवाको बीचमा पर्ने नहरको बाटो भत्केपछि स्थानियलाई आवत जावतमा सम्स्या भएको छ । बाटो भत्केपछि बलुवाका स्थानियहरुलाई वडा कार्यालयमा कामकाज गराउन आउजाउ गर्न समस्या हुने गरेको स्थानीयले बताएका छन् । वर्षाको बेलामा भत्केको सो बाटो हाल सम्म मर्मत नहुदा र मर्मत गर्ने तर्फ कसैको ध्यान जान नसकेको स्थानियको भनाई छ । स्थानियका अनुसार सो बाटो मर्मतका लागी वडा कार्यालयमा जानकारी गराउदा सो काम सिंचाइको हो भनेर पंछिएको स्थानीयले बताएका छन् । यता सिंचाई कार्यालय कर्मैयामा स्थानियले बाटो मर्मतका लागी पहल गर्दा सो बाटो हाम्रो हो, हामिलाई आवश्यक परेपछि मात्र मर्मत गर्छु , भन्ने जवाफ दिएको बलुवाका स्थानिय वासिन्दा साबिर हुसेनले बताएका छन् । यता बाटो मर्मतको बिषयमा वडा अध्यक्ष जयराम चौधरीले सो बाटो बनाउने काम बागमती सिंचाई आयोजनाको भएको बताए ।
उनले बाटो बनाउने बिषयमा आफु गम्भिर भएर लागेको समेत जानकारी दिएका छन् ।