चन्द्रपुर,११ मंसिर /

नव विकास बचत तथा ऋण सहकारीको बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रदेश २ कै उत्कृष्ठ सहकारी संस्थाको नव बिकाश बचत तथा ऋण सहकारीले आफनो १३ औ स्थपना दिवस बुधबार मनाएको छ ।
सामना शक्ति बिकाशको लागी सदभाबपुर्ण सहकार्य भन्ने मुल नाराका साथ स्थापना भएको १३ बर्षको उपलक्ष्यमा उक्त सहकारी संस्थाले बुधबार स्थापना दिवश मनाएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देबकी नेपालले बचत तथा ऋण सहकारी संस्थाहरुको बिकासको लागी जुनसुकै सहयोग गर्न तत्पर रहेको बताइन ।
सहकारीको मुल्य मान्यता र मर्म अनुसार नै नब विकास साकोसले काम गरेको कारणले गर्दा नै प्रदेश २ मै उत्कृष्ठ सहकारीको रुपमा घोषित भएको अध्यक्ष नेपालले बताइन् । रौतहटमा रहेको सबै सहकारी संस्थाहरुको आर्थिक, समाजिक र कर्मचारीहरुको क्षमता विकासको लागी सहयोग गर्न संघ तत्पर रहेको समेत अध्यक्ष नेपालको भनाइ थियो । यसैगरी सोही संस्थाका संस्थापक अध्यक्ष तथा रौतहट बचत तथा ऋण सहकारी संघका पुर्व अध्यक्ष खडग बहादुर बम्जनले नव विकास सहकारी प्रदेश मै उत्कृष्ठ हुनुले खुशी तुल्याएको बताए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख चन्द्रकला बराल,नव विकास साकोसका सल्लाहकार दुर्गा प्रसाद चिमरिया लगायतले उक्त संस्थाको सफलताको शुभकामना दिए । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति देब बहादुर सापकोटाले सहकारीको भावना अनुसार नै चलेको हुदा नव विकास साकोस प्रदेश मै उत्कृष्ठ सहकारीको रुपमा स्थापित भएको बताए । संचालक तथा कर्मचारीहरुले निस्वार्थ रुपमा काम गरेको र नेपाल सरकारले बनाएको निति अनुसार नै चलेको हुदा बिगत ३ बर्ष देखी नव विकास सहकारी संस्था प्रदेश २ मै उत्कृष्ठ हुन पुगेको अध्यक्ष सापकोटाले जानकारी दिए ।संस्थाका सचिब राजेन्द्र कुमार तिवारीको संचालनमा भएको उक्त कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार बिपिन गौतम,संचारकर्मी, संस्थाका संचालक समितिका पदाधिकारीहरु,बिभिन्न उपसमितिका सदस्यहरु,शेयर सदस्यहरुको सहभागिता रहेको थियो । अध्यक्ष सापकोटाले उक्त कार्यक्रममा आएका अतिथिहरुलाइ मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिनेश मैनालीले राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here