बृन्दावन, ११ मंसिर । छठ सकिएसंगै रौतहटका सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन हुन थालेका छन् । रौतहटका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालनमा आएपनि जिल्लाको बृन्दावन नगरपालिकाले बिद्यालय सञ्चालन तर्फ ध्यान नदिएको गुनासो बढेका छन् । जिल्ला भित्र रहेको अधिकांश बिद्यालयहरु छठ पर्व सकिएसंगै बिद्यालय सञ्चालनमा ल्याएपनि बृन्दावन नगरपालिकाले सो तर्फ ध्यान नदिएको बिद्यार्थीहरुको गुनासो रहेको छ । जिल्लामा रहेका बिद्यालयहरु कोरोना भाइरस महामारीका कारण बिगत ८ महिनादेखि बन्द रहेको र छठ पछि समाजिक दुरी कायम गरेर सञ्चालनमा आएको भएपनि बृन्दावन नगर भित्र रहेको बिद्यालयहरु सञ्चालनमा नआउदा बिद्यार्थीको जिवनसंग प्रत्येक्ष खेलवाड भएको बृन्दावका एक जना अभिभावकले तराई एक्सप्रेसलाई बताएका छन् । कक्षा ८ देखि १० सम्म विद्यालय सञ्चालनको अनुमति भएपनि सो नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति नदिएको शिक्षकहरुको भनाई छ । शिक्षा क्षेत्रमा पछाडिपरेका बृन्दावन नगरपालिकाकाकै ढिला सुस्तीका कारण हजारौं बिद्यार्थीहरुको भभिस्य अन्धकारमा पर्दै गएको अभिभावकहरुको भनाई छ ।