गरुडा, १२ मंसिर । रौतहटको मध्यभाग गरुडामा रहेको कृषि विकास बैंकको प्रबन्धमा मदन रायले जिम्मेवारी पाउनु भएको छ। कृषि विकास बैंकको केन्द्रिय कार्यालयको निर्णय अनुसार गरुडा उपशाखाको प्रबन्धमा मदन राय बिहीबार हाजिर भएका हुन । यस अघि उनी लामोसमय सम्म कृषि विकास बैंक चन्द्रनिगाहपुर शाखामा कार्यरत रहेका थिए । बरिस्ठ शाखा अधिकृत सातौं तहका मदन राय झन्डै १२ बर्ष चन्द्रनिगाहपुर शाखामा सेवा दिएका थिए । सरल स्वभावका धनी राय पहिलो पटक उपशाखाको प्रबन्धकको जिम्मेवारी लिएर गरुडा उपशाखामा हाजिर भएका हुन । कृषि विकास बैंकमा झन्डै २५ बर्षको अनुभव बटुलेका उनले गरुडा उपशाखालाई अग्रस्थानमा ल्याउने बताएका छन । बैंकको ग्राहकको सेवालाईनै पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रबन्धक मदन रायले प्रतिबद्धता जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here