गौर,१२ मंसिर । कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको नेपाल भारत सिमाना बिहीबारबाट संचालनमा आएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई बिहीबार दिएको निर्देशनमा भारत संग सिमा जोडिएका मुख्य नाकाहरुबाट पैदल आवतजावत संचालनको अनुमति दिए पछि बन्द रहेको सिमा नाका खोलिएको हो । भारतीय बजारसंग सिमा जोडिएको रौतहटमा मुख्य नाका भएर दुवै देशका तर्फबाट आवतजावन बन्द हुदा सिमामा समस्या भएको थियो । रौतहटको गौर नाकाबाट भारत तर्फ आवतजावतका लागी बिहीबारबाट सिमा संचालनमा आएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने नाकामा आवतजावत गर्नेको व्यक्तिहरुको अभिलेख राख्दै पैदल यात्रुको लागी मात्रै नाका खोलिएको उनले बताए ।
यात्रुवाहक सवारी साधनको आवतजावतमा भने अझै रोक कायम रहेको उनले बताए ।
नेपाल तर्फको सिमा खोलिए पनि भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले भने भारतीय सिमामा आवगमन संचालन हुन दिएको छैन । भारतीय पक्षले सिमा नाका संचालनका बारेमा आफुहरुलाई हाल सम्म कुनै जानकारी नआएकोले सरकारको निर्देशन नआए सम्म संचालनमा रोक कायम रहेको बताएको छ ।
कोरोना संक्रमणका कारण झण्डै ९ महिना देखि बन्द रहेको नाका नेपाल तर्फ बाट खुले पछि स्थानिय खुशी भएका छन । हामीले नाका संचालनका लागी धर्नाका कार्यक्रम समेत जारी राखेका थियौं । सरकारले नाका खोल्ने निर्णय गरेकोमा धन्यवाद दिन्छौं । नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरीले भने नेपाल तर्फको नाका खुले पछि अब भारतीय पक्षले पनि नाका चाडै खोलेर आवागमन सुचारु हुने विश्वास छ ।
रौतहटको मुख्य नाका बन्द हुदा स्थानिय जोखिमपूर्ण रुपमा नेपाल भारतमा आवागन गर्न बाध्य रहेका थिए । रौतहटको मुख्य नाका गौर भन्सार अगाडि बाट आवतजावत गर्न दिनु पर्ने र पहिलेकै अवश्थामा सिमा नाका सूचारु गर्नु पर्ने माँग गर्दै नागरीक समाजको अगुवाइमा गौर भन्सार कार्यालय अगाडी धर्ना समेतको कार्यक्रम हुदै आएको थियो ।