काठमाडौं, १२ मंसिर । विगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान दिदै हाल एबिसी टेलिभिजनमा कार्यरत पत्रकार सन्तोषी अधिकारीलाई फोकस नेपालले आठौं वार्षिकोत्सवका अवसरमा कोरोना डिफेन्स अवार्ड २०२० बाट सम्मान गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका बाबजुत समाजमा चेतना फैलाउन दिनरात खटेर समाजमा सजकता र सर्तकता अपाउन जनचेतनामुलक कार्यक्रम एवं समाचार प्रशारण गरेर महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको आयोजक संस्था फोकस नेपालले जनाएको छ । डेढ दशकभन्दा बढि समयदेखि पत्रकारीतामा आवद्ध सञ्चारकर्मी अधिकारी हाल एबीसी टेलिभिजनमा सह–सम्पादक, समाचार वाचिका, कार्यक्रम निर्माता र प्रस्तोताका रुपमा कार्यरत छिन् । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकार र नागरिक समाजको भूमिका विषयक विचार गोष्ठी तथा कोरोना डिफेन्स अवार्ड कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here