गौर,१२ मंसिर । महोत्तरीको बर्दिवासका ६ वर्षीय बालिकालाई बलात्कार गरि हत्या गर्ने जो कोहीलाई कानुनी कार्यवाही गर्नु पर्ने माग गर्दै रौतहटको जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादवलाई मेची महाकाली बुहारी आवाज प्रदेश नम्बर २ ले ज्ञापन पत्र बुझाएका छन । प्रदेश २ का संयोजक पुजा पाठक सहित महिलाकर्मी लगायतको सहभागीतामा विहीबार प्रमुख जिल्ला अधिकारी यादवलाई ज्ञापन पत्र बुझाइएको संयोजक पाठकले तराई एक्सप्रेसलाई बताए । गत आइतबारदेखि हराएकी महोत्तरीको बर्दिबास १४ की ६ वर्षीया बालिकाको शव बोराभित्र कोचिएको अवस्थामा खाली चौरमा सोमबार मध्यराती भेटिएको थियो । बालिका हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ का अरुण साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ । त्यही घटनाको विरोधमा मंगलबार स्थानीय आन्दोलित भएका थिए ।
भिडलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली उछिट्टिएर लाग्दा तीन जना घाइते भएको थिए । प्रहरीको गोली लागेपछि घाइते भएका न्यौपानेको उपचारको क्रममा मंगलबार राती काठमाण्डौमा ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here