गरुडा, १३ मंसिर । विगत कयौं वर्षदेखि नेपनल राज्यमा रहेको निषाद जातिको लागी कयौं संघर्ष हुंदै आएको छ । आफ्नो वंश र इतिहास रक्षाको लागी निषादको बारेमा जानकारी गराउदै निषाद उत्थान केन्द्र रौतहटद्धारा दास्रो इतिहासिक भेला सम्पन भएको छ । शनिबार रौतहटको गढीमाई नगरपालिका स्थित मलाहीटोल बजारमा मेचिदेखि महाकाली सम्मको निषाद जागरण महाअभिया सम्पनन् भएको बताएका छन् । सो कार्यक्रममा तराई २२ वटा जिल्लाका निषादहरुको सहभागीता रहेको थियो । शनिबार मलाहीटोल बजारमा भएको कार्यक्रम गढीमाई नगरपालिका वडा नं—९ का वडाअध्यक्ष पुनित सहनी निषादको अध्यक्षतामा सम्पनन् भएको छ । कार्यक्रमका प्रमुख अतिथि निषाद उत्थान केन्द्र नेपालका राष्ट्रिय अध्यक्ष महेन्द्र सहनि निषाद रहेको थियो भने कार्यक्रमका विशिस्ट अतिथि निषाद उत्थान केन्द्र नेपालका राष्ट्रियका महासचिव ध्रुबलाल प्रसाद सहनी निषाद रहेको थियो । कार्यक्रममा महासचिव ध्रुबलाल प्रसाद सहनी निषादले निषाद समुदायको नेपालमा ३० लाख जनसंख्या भएपनि हक र अधिकारमा पछाडि परेको बताएका छन् । निषादहरुको लागी सबै निषाद समुदायले एक जुट भएर अफ्नो हक र अधिकारको लागी संघर्ष गर्नु पर्ने आवश्यक रहेको बताएका छन् । शनिबार आयोजित निषाद उत्थान केन्द्रको दास्रो इतिहासिक भेला कार्यक्रमलाई प्रभावकारी बनाउन राजदेव सहनि निषादले उदघोषन गरेका थिए । सो कार्यक्रम रौतहटको २ वटा रेडियोबाट लाईभ प्रशालन गरेका थिए ।