चन्द्रपुर, १३ मंसिर । तराईमा दिन प्रतिदिन बढदै गएको चिसो मैसमलाई मध्य नजर गर्दै रौतहटटको चन्द्रपुर नगरपालिका वडा नं—१ मंगलपुर र पौराईमा महिलाहरुको लागी न्यानो कपडा र चौवन्दी चोलो वितरण गरिएको छ । जसपा पार्टीका युवा नेता कल्यान राउतको आर्थिक सहयोगमा शनिबार मंगलपुरमा एक सय ८० जना र पौराईमा ५५ जना महिला गरी कुल २३५ जना बृद्ध, अपाङ, गरिब तथा असाहाय परिवारलाई एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा तथा चौबन्दी चोलो वितरण गरिएको बतएका छन् । शनिबार मंगलपुरमा आयोजित सो कपडा वितरण कार्यक्रम मानव अधिकारका सदस्य टेक बहादुर श्रेष्ठको अध्यक्षता सम्पन भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पाटीका केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं—४ का सांसदका प्रत्यासी गरुडा निवासी, समाजसेवी कन्थमनी प्रसाद जयसवाल रहनु भएको थियो भने विशिष्ट अतिथिको रुपमा जसपाका केन्द्रीय सदस्य प्रेम नरायण झा रहेको थियो । उक्त कपडा वितरण कार्यक्रममा राम जि साह, गोपाल न्यौपाने, राजेन्द्र श्रेष्ठ लगाएत दर्जनौ भद्र भलादमी तथा स्थानिय वासिन्दाको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here