गरुडा, १४ मंसिर । निषाद उत्थान केन्द्र नेपालले रौतहटमा २५ सदस्य नयाँ समिति चयन गरेको छ । निषाद उत्थान केन्द्र नेपाल रौतहटले शनिबार गरिएको एतिहासिक दोस्रो सम्मेलनबाट अध्यक्ष पदमा राजदेब सहनी निषाद चयन गरिएको बताएका छन् । यस्तै उपाध्यक्ष रुना देबी मुखिया निषाद, उपाध्यक्ष भुजेन्द्र प्रसाद सहनी निषाद, उपाध्यक्ष रामसेबक सहनी निषाद, सचिब सुर्य प्रकाश सहनी निषाद, सह—सचिब अभिराज नन्दन सहनी निषाद, कोषाध्यक्ष रामदेब सहनी निषाद सदस्यहरुमा रामदेब सहनी निषाद लगाएत २५ सदस्य जिल्ला कमिटी गठन गरिएको निषाद निषाद उत्थान केन्द्र नेपालका महासचिव ध्रुबलाल प्रसाद सहनी निषाद जानकारी दिनुभयो । नव गठिग समितिहरुलाई गढीमाई नगरपालिका वडा नं—९ का वडाअध्यक्ष पुनित सहनि निषादले सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।