चन्द्रपुर,१४ मंसिर । भु मफियाले आफ्नो नाममा गरेको राष्ट्रिय वनको १ सय २२ बिघा जग्गाको स्रेस्ता बदर भएको छ । भूमाफिया ले किर्ते गरेर २६ जनाका नाममा लालपुर्जा बनाइएको रौतहटको गुजरा नगरपालिकामा रहेको राष्ट्रिय वनको जग्गाको स्रेस्ता मालपोत कार्यलयले बदर गरेको हो । व्यक्तिका नाममा गरिएको राष्ट्रिय वनको उक्त जग्गाको स्रेस्ता मालपोत कार्यालय, रौतहटले बदर गरिदिए पछि सनिबार सो जमिनको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन गरेको छ । डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयको पहलमा वनको १ सय २२ बिघा जमिनको स्रेस्ता बदर भएको हो । गुजरा नगरपालिका–१ (साबिक रंगपुर गाविस–५) मा रहेको वनको कित्ता नम्बर १ देखि २६ सम्मको जग्गा भूमाफियाले २०७२ मा २६ जनाका नाममा स्रेस्ता कामय गरिदिएका थिए ।
जग्गाको स्रेस्ता बदर गर्न वन कार्यालयले लगातार प्रयास गर्दै आएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित वन, मालपोत र नापी कार्यालय प्रमुखको संयुक्त बैठकले राष्ट्रिय वन क्षेत्रको जग्गा व्यक्तिका नाममा कायम रहेकाले मालपोतबाट स्रेस्ता बदर गरी यथाशक्य नेपाल सरकारकाका नाममा ल्याउनुपर्ने नीतिगत निर्णय गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिए । भूमाफियाले सिंगो वन नै आफ्ना नाममा पास गराएको रहेछ । यो कसरी सम्भव भयो भन्ने आन्तरिक अनुसन्धानमा लागेका छौं,सिंहले भने, अब माफियाको चंगुलबाट मालपोतले स्रेस्ता बदर गरिसकेको छ । गुजरासोतीदेखि पूर्व र उत्तर, आवादी गाउदेखि पश्चिम तथा नहरदेखि दक्षिणतर्फ रहेको वनक्षेत्रको उक्त जमिन व्यक्तिका नाममा स्रेस्ता कायम गराइएको भेटिएको थियो । यसरी स्रेस्ता कामय गर्नेहरू रामेछाप, ओखलढुंगा, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, सोलुखुम्बु, सर्लाही, सिरहा र रौतहटका गरी २६ जना थिय । गएको पुस ७ मा वनले उक्त जग्गाको स्रेस्ता बदर गर्ने निर्णय गर्दै पहल थालेको थियो । नक्कली कागजातका भरमा नापी कार्यालयले २०७२ जेठ ६ मा पुर्जा वितरण गरी फिल्ड बुक र नक्सा कायम गरिदिएको थियो । दोस्रोपटक संशोधित वन ऐन २०४९ को दफा १६ को उपदफा २ क बमोजिम व्यक्तिका नाममा दर्ता भएको उक्त जग्गा वनले खारेजीको निर्णय गरेको थियो । भूमाफियाले विभिन्न शक्तिकेन्द्र धाउंदै वन कार्यालयलाई दबाब भने दिइरहेकै थिए तर वनले स्रेस्ता बदरको निर्णय गरी २६ जनाविरुद्ध कारबाही प्रक्रियासमेत अघि बढाएको जनाएको छ । सो वनको शनिबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ,डिभिजन वन कार्यलय प्रमुख बिनोद सिंह ,जिल्ला प्रहरी कार्यलय रौतहटका प्रमुख शिद्धी बिक्रम शाह ,गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरी लगाएतको टोलीले अनुगमन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here