अशोक पहाडी
रौतहट,१५ मंसिर । ट्रकको ठक्करबाट एकजना महिलाको ज्यान गएको छ ।
आइतबार बिहान रौतहटको चन्द्रपुर नगरपालिका वडानं स्थित बसन्तपुरमा चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले ठक्कर दिदा ६५ बर्षिय महिलाको घटना स्थलमै ज्यान गएको हो ।
सो ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ बर्षकी देवकी आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रमुख सिद्धी बिक्रम शाहले तराई एक्सप्रेसलाइ जानकारी दिए । ठक्कर दिने चालक र ट्रक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको शाहले बताए ।