अशोक पहाडी
रौतहट,१५ मंसिर ।
डिभिजन वन कार्यालय रौतहटले अबैध काठ सहित मिनी बस बरामद गरेको छ । जिल्लाको बागमती सव डिभिजन वन कार्यलय अन्र्तगतको क्षेत्रबाट ६० क्युफिट चिरान काठ सहित बा १ ख ६४४२ नम्बरको मिनी बस बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिएकाछन् । डिभिजन वन कार्यालय रौतहटका अधिकृत राम प्रसाद साह ,मधुकान्त सिंह र बागमती डिभिजन वनका कर्मचारीको सक्रियतामा ४९ थान चिरान गोलिया बराद गरिएको हो । बागमती खोलामा ट्युवमा बगाएर ल्याएर नुनथर क्षेत्रमा रातीको समयमा बसमा लोड गरेर लान लागेको अवस्थामा काठ बराद भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here