बृन्दावन, १६ मंसिर । पछिल्लो समय रौतहटमा सुरु भएको हत्या हिंसा र अपराधको शृङ्खला झन्झन् बढ्दै गएको छ । गएराती फेरि एक जना दलित युवकको हत्या भएको हो । जिल्लाको बृन्दाबन नगरपालिका वडा नं—३ का १९ बर्षिय रबि राम चमारले गएराती सामान्य बिवादमा सोही वडाका १८ बर्षिय नन्दकिशोर राम चमारलाई पेटमा छुरा प्रहार गरेका छन् । छुरा प्रहार बाट गम्भीर घाइते नन्दकिशोरको उपचारको क्रममा रातिनै चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै डिएसपी रबि रावलको नेतृत्वमा ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलिले आरोपी रबिराम चमार, उसको बुबा लक्षमी राम चमार र बिधालाल चमारलाई नियन्त्रणमा लिएको हो । प्रहार भएको छुरा समेत प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धी बिक्रम शाहले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here