चन्द्रपुर,१७ मंसिर । तराई एक्सप्रेस दैनिकका प्रमुख बितरक धर्मेन्द्र तिमलसिना उर्फ गोपाल लाई ज्यान मार्ने धम्की दिइएको छ ।
बारा जिल्ला घर भएका चन्द्रीका चौधरीले ज्यान मार्ने धम्की दिएका हुन । तिमलसिनाको घरमा गएर उनका बाबु हेमनाथ तिमलसिनालाई त्यो पत्रिका बांडेने केटालाई बिहान बेलुका जोगिएर हिड्न भन्नु ,जेपनि हुन सक्छ भन्दै धम्की दिएका हुन् ।
तिमलसिनाले ज्यान सुरक्षाको माग गर्दे ईलाका प्रहरी कार्यलय चन्द्रगिाहपुरमा जाहेरी दिएकाछन् । नेपाल प्रहरीका भगौडा चौधरीले उनको घरमै गएर धम्की दिएको बितरक तिमलसिनाले बताए ।