चन्द्रपुर,१० मंसिर ।
सवारी चालकले चन्द्रनिगाहपुर मुख्य चोक र बजार क्षेत्रका पैदलयात्री हिड्ने सडक पेटिमा मनपरि ढंगले पार्किङ गर्दै आएका छन । पैदलयात्री हिंड्ने बाटो नै छेकिने गरी सवारीसाधन पार्किङ गर्ने प्रवृत्ति बढ्दो छ । सडकका दुवै तिर कार, जिप, मोटरसाइकल र स्कुटीको अव्यवस्थित पार्किङले सडक पेटि साँघुरो बन्दै गइरहेको छ । पैदल हिंडडुल देखि सडक पार गर्दा दुर्घटनाबाट जोगिन पैदल यात्रीलाई ठुलै समस्या पर्दछ । पेटि फराकिलो भए पनि जथाभावी पार्किङले गर्दा हिँडडुल गर्ने यात्रु एकापसमा ठोक्किनुपर्ने अवस्था रहेको छ ।
सडक फराकिलो छ तर जथाभावी पार्किङ ठेला व्यवसाय र विभिन्न व्यापार व्यवसायीहरु जथाभावी भएका कारण दुर्घटनाको जोखिम बढ्दै गएको स्थानियको भनाइ रहेको छ ।
पछिल्लो समयमा गाडी, मान्छे धेरै भएकाले अव्यवस्थित बन्दै गएको भए पनि सम्बन्धित निकायले भने व्यवस्थित बनाउन कुनै कदम नचालेको स्थानीयको आरोप रहेको छ ।
मोटरसाइकल, स्कुटर, कार, अट्टो रिक्सा , ठेलाहरु जसले जहां जस्तो ठाउंमा पनि राख्ने भएकाले सडकका पैदल यात्री र व्यापारीलाई समस्या परेको राज इलेक्ट्रोनिकका संचालक राजु तिवारीले बताए । चन्द्रनिगाहपुरका ठूला सपिङ कम्प्लेक्स, वित्तीय संस्था, व्यापारिक केन्द्र र ठूला मालिकले पनि सडक पेटिमै गाडी पार्किङमा राख्ने गरेका छन । चन्द्रनिगाहपुरमा ठुला ठुला घरहरु बनेका छन तर पैदल यात्री हिड्ने सडक पेटि मै गाडी राख्न पाइन्छ भनेर धेरै जसोले पार्किङ स्थल नै बनाउदैनन् ।
चन्द्रनिगाहपुर चोक देखि बजार सम्मको सडक पेटिमा अहिले नाला र सडक छेउमा घरहरु बनिरहेका छन घर बनाउन चाहिने सामानहरू, गिट्टी बालुवा, ईट्टा जस्ता सामग्रीहरू बाटोमा नै थुपारेका हुन्छन यसरि जथाभावी रूपमा राखिएका सामग्रीहरूले गर्दा नै सर्वसाधारणलाई हिंड्न मुस्किल हुने गरेको स्थानिय युवा रवि राना मगरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here