चन्द्रपुर,२१ मंसिर ।
बन कर्मचारीले तस्कर समातेर पैसा असुलेको खुलासा भएको छ । रौतहटको बृन्दावन सव डिभिजन बन कार्यालयका २ जना बन कर्मचारीले काठ तस्करी गरेर लैजाने क्रममा तस्कारलाई समातेर वारगेनिङ्ग गरी १२ हजार रुपैया लिएको खुएको छ ।
गत मंसिर १६ गते रातीको समयमा जंगलबाट तस्करले काठ तस्करी गरी लगी रहेको अवस्थामा गस्तीमा गएका बृन्दावन सव डिभिजनका बन कर्मचारी शेख खुद्रुस र एम बहादुर थापाले तस्कर समातेर १२ हजार नगद रकम लिएर छाडेको हो । बन कर्मचारीले १२ हजार रुपैया लिएको हल्ला बृन्दावनमा ब्यापक चलि रहेको छ । बन कर्मचारीले रकम लिएर तस्कर उम्काएको भन्दै बृन्दावनका केही स्थानियले विरोध समेत जनाएका छन् ।
रकम लिएर तस्कर छाडने काममा सो बन कार्यलयमा कार्यरत सम्पुर्ण टिमको मिलोमतो हुन सक्ने स्थानिय वासिन्दाको अनुमान रहेको छ ।
पछिल्लो समय बृन्दावन क्षेत्रको बन कर्मचारीकै मिलोमतोमा काठ तस्करीको घटना फस्टयाउनुमा सम्पूर्ण टिम सक्रिय रहेको स्थानियवासिन्दाको भनार्ई रहेको छ । यता जिल्ला डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख बिनोद सिंहका अनुसार रकम लिएको अभियो लागेका २ जना बन कर्मचारी उपर सत्यतथ्य छानबिन गर्ने बताएका छन् । उनका अनुसार अभियोग लागेका दुई वटै बन कर्मचारीलाई डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा हाजिर गराई पुच्छतास गर्ने र रकम लिएको पुष्टि भएमा आवश्यक कार्वाहीको प्रक्रिया अगाडी बढाउने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here