अमृत सापकोटा,चन्द्रपुर ,२२ मंसिर । चन्द्रनिगाहपुरको मुख्य चौक र बजार क्षेत्रका फुटपाथ अतिक्रमण गरेर ब्यबसाय सञ्चालन गर्ने क्रम बढ्दै गएको छ । नगरपालिकाले फुटपाथ खालि गराउन केहि कदम नचाल्दा व्यवसायीहरुको मनोमानी बढन थालेको हो । चारलेन सडक र बजार क्षेत्रको सडकमा दुबै किनारमा ब्यापारीले फुटपाथ अतिक्रमण गर्दा आवतजावतमा समस्या हुने गरेको छ ।
सडकको किनारमा रहेको फुटपाथ पैदल यात्रुका लागि आवतजावत गर्ने ठाउ हो । तर, त्यो क्षेत्रलाई अहिले अधिकांस स्थानमा ब्यवसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरिएको पाइएको छ । फुटपाथ अतिक्रमण भइरहदा चन्द्रपुर नगरपालिका र स्थानीय प्रशासन भने मौन देखिएका छन । प्रायजसो हार्डवयर तथा कपडा ब्यबसायीले फुटपाथसम्म सर सामान राख्ने तथा नाङलो, ठेला, फलफूल पसल पनि फुटपाथमा नै सञ्चालन हुदा बजारको सौन्दर्यमा ह्रास आउनुका साथै पैदल यात्रुलाई समस्या रहेको छ । पैदलयात्रु सडकमा नै हिड्नुपर्दा दुर्घटनाको जोखिम बढि भएकाले पनि फुटपाथ ब्यबस्थित बनाउनु पर्ने स्थानियहरुको माग रहेको छ । सडक ऐनले तोकेको मापदण्ड अनुसार पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न सम्बद्ध सरोकारवाला निकाय मौन देखिँदा चन्द्रपुर नगरपालिका क्षेत्र कुरुप देखिन थालेको छ । जिल्ला टूाफिक प्रहरी कार्यालय रौतहटका प्रमुख शैलेस न्यौपानेले फुटपाथ अतिक्रमण रोक्ने प्रमुख दायित्व नगरपालिकाको भएको बताए । नगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने अभियानको नेतृत्व गरे पछि ट्राफिक प्रहरीले सहयोग गर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here