बिजयपुर,२३ मंसिर । हत्याको आरोप लगाउदै पिडित परिवारले किटानी जाहेरी दिदा समेत प्रहरीले वास्ता नगरेको गुनासो आएको छ । रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं, २ वर्गिनिया निवासी कैलाश राउतले आफ्नो छोरी कल्पा पटेलको हत्या गरिएको आरोप लगाएका छन् । छोरीको विवाह भएको चार महिना नवित्दै दाइजोमा मोटरसाइकलको बहानामा हत्या गरि आत्महत्या गरेको भनेर देखाउन खोजेको पिडित परिवारले बताएका छन् ।उनको सोही नगरपालिकाको वडा नं. १ गम्हरिया टोल निवासी रामएकवाल सिंहका २८ वर्षीय छोरा राकेश सिंह कुर्मीसंग यही २०७७ असार १४ गते हिन्दू रितिरिवाज अनुसार विवाह सम्पन्न भएको थियो ।
विवाहको बखत दाइजो वापत एक रुपैया नलिई केटा केटी पक्षले आआफ्नो खर्च आफै व्यवहोर्ने भनेर सहमति भएकोमा विवाहको दिनभन्दा दुई दिन अगाडि दाइजो स्वरुप ५ लाख नगद तथा मोटरसाइकल माग गरेका थिए । कोरोनाको कारण मुलुकमा लकडाउन रहेकोले तत्काल दाइजो दिन असमर्थ भएका केटी पक्षले आफूले सकेजति १ लाख ४० हजार नगद केटा पक्षलाई दिएर लकडाउन पश्चात मोटरसाइकल दिने सहमतिमा विवाह गराएका थिए ।
विवाह भएको एक महिना नवित्दै ससुरा पक्षबाट मोटरसाइकलको लागि छोरी कल्पा पटेललाई मानसिक यतना दिन थालियो र त्यस पश्चात दुई महिनासम्म छोरीलाई सम्पर्कविहीन बनाएर यही कात्तिक २६ गते बुधबार दिउसो १ बजे गाउका अन्य व्यक्तिबाट आफ्नो छोरीले आत्महत्या गरेको भनेर खबर आयो । आत्महत्या गरेको खबर सुन्ने वित्तकै आफू आकाशबाटै खसेझै महसुस भएको पीडित बुवाले आफ्नो छोरीले आत्महत्या नगरि ससुरा पक्षले हत्या गरेर आत्महत्या गरेको भनेर देखाउन खोजेको बताए । उनले ससुरा रामएकवाल सिंह, माहिलो दाई सुरेश सिंह, भाई युवराज सिंह भन्ने नरेश पटेल तथा सासुहरुको मिलोमतोमा छोरीको हत्या गरेर आत्महत्या देखाउन खोजिएको बताए । उनले दाईजो वापतको मोटरसाइकल लकडाउन पस्चात दिने भनेअनुसार केही समय अगाडी मोटरसाइकल लिन आउन भनेपनि कोही नआएको र छोरीको हत्या गरेको बताए । उनका अनुसार त्यही केटाले आफ्नो ठुली छोरीको पनि हत्या गरेको बताए । सानो छोरी कल्पा पटेलसग विवाह हुनु भन्दा अघि ठुली छोरी अमलादेवीसँग २०६५ सालमा विवाह भएको थियो । विवाह भएको १० वर्षपछि ससुरा पक्षले यही २०७७ साल वैशाख १ गते नयाँ वर्षको अवसरमा आयोजित भोज भतेरको मौका छोपेर छोरीलाई खानामा विष हालेर खुवाई खुवाएर ज्यान लिएको आरोप लगाए ।

विष खाएर गम्भिर अवस्थामा पुगेकी छोरीलाई आफैले तत्काल वीरगन्ज स्थित हेल्थ केयर अस्पतालमा उपचार गराएकोमा स्वास्थ्य अवस्थामा सुधार नआएपछि नेशनल मेडिकल कलेजमा रेफर गरिएको थियो । नेशनल मेडिकल कलेजमा उपचारार्थ छोरी अमला देवीको २०७७ वैशाख ३ गते विहान ११ः३० बजेको समयमा निधन भयो । अमलादेवीकी ९ वर्षीय छोरी नेहा कुमारी तथा ६ वर्षीय छोरा अँकुश कुमार रहेका छन् । छोरा छोरीलाई स्यहार सुधार गर्ने भन्ने उद्देश्य सहित सामाजिक दबाब अनुसार कान्छि छोरी कल्पा पटेलसंग विवाह गरेको बताए ।
छोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । छोरीको मृत्यु पछी ससुरा पक्षका उल्लेखित सम्पूर्ण सदस्यहरु फरार रहेका छन् ।
मृतक छोरीको शवलाई वीरगन्ज स्थित नारायणी अस्पतालमा पोष्टमार्टम गरि सामाजिक परम्परा अनुसार दाहसस्कार गरिएको पीडित बुवाले गुनासो पोखे । उनले घटनालाई सत्यतथ्य छानविन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । उनले आफूले एउटा नभई दुईवटा छोरी गुमाएको बताए । आफ्नै ठूलो छोरीको बच्चाहरुलाई राम्ररी पालन पोषण गर्न बच्चाको सानो आमाभन्दा अरु कोही उपयुक्त नहुने भन्दै सामाजिक दबाब आएपछि त्यही केटासंग सानो छोरीको पनि बाध्य भएर विवाह गराएको थिए । केटी पक्षले केटा पक्षलाई पक्राउ गरी कार्वाही गर्नुका लागि ईलाका प्रहरी कार्यलय विजयपुरमा जाहारी दिएको भएपनि प्रहरीले उनीहरुलाई पक्राउ नगरेको पिडित परिवारको भनाइ रहेको छ ।
दोषिहरु गाउघरमै रहेको भएपनि प्रहरी किटानी जाहेरीको ३५ दिन म्याद कटाउन लागि परेको पिडिको भनाइ रहेको छ । ईलाका प्रहरी कार्यलय विजयपुरका सइ सिकेन्द्र साह कानुले मुद्धा दर्ता प्रक्रियमा रहेको र आरोपीहरुको खोजी भइरहेको जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here