एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तले बहुप्रतिक्षित फिल्म ‘केजीएफ च्याप्टर २’ को शुटिङ सुरु गरेका छन् । लङ्ग क्यान्सरलाई उपचारमार्फत परास्त गर्दै सञ्जयले फेरि शुटिङ सुरु गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार सञ्जयले अहिले फिल्मका हिरो यशसँग एक लामो क्लाइमेक्स सीन हैदरावादमा शुट गरिरहेका छन् । यो सीनमा कैयौ स्टन्ट र फाइट सीन हुनेछ । फिल्म निर्देशक प्रशान्त नीलले शुटिङ सुरु भएको तस्विर शेयर गर्दै सञ्जय शुटिङमा फर्केको जानकारी दिएका छन् । केजीएफ(च्याप्टर २ मा सञ्जय दत्त भिलेन ९अधीरा०को रोलमा देखिनेछन् । फिल्ममा यश र सञ्जयका अलावा रवीना टण्डन पनि मुख्य भूमिकामा छिन् । फिल्म २०२१ मा रिलिज हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here