रुपेन्द्र पटेल, २५ मंसिर । मध्य तराईको रौतहट, बारा,पर्सा, सार्लही लगाएतमा अत्यधिक चिसो बढेका कारण सबै क्षेत्रको जनजीवन प्रभावित भएको छ । बिहान अबेरसम्म बढेको बाक्लो हुस्सु र चिसो हावाका कारण मध्य तराईका जिल्लाहरुमा अत्यधिक चिसो बढेको हो । चिसो बढेपछि वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । तराईमा बुधबारदेखि चिसो ह्वात्तै बढेको हो । चिसोले गर्दा बालबालिका, वृद्धवृद्धा, ठेला, मजदुरी, विपन्न तथा दैनिक ज्यालादी मजदुरलाई बढि सताएको छ । त्यसैगरी सवारी चालकको ढुवानी सेवा तथा विमान सेवा पनि प्रभावित भएको छ । बुधबारदेखि तराईमा बढेको चिसोले बालबालिकामा लाग्ने रूघाखोकि, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतको समस्या भएका बिरामीहरूको संख्यामा वृद्धि हुन सक्ने सिभिल हस्पिटल चन्द्रनिगाहपुरका डाक्टर राम किसोर साहको अनुमान छ । यस्तो चिसोको समयमा बालबालिका तथा बृद्ध बृद्धाहरुलाई बिषेश सतर्कता अपनाएर राख्नु पर्ने डाक्टर साहको भनाई रहेको छ ।
उनिहरुलाई न्यानो कपडा लगाएर गर्मी महसुस हुने ठाउमा राख्नु पर्ने डाक्टर साहको सुझाव रहेको छ । यता बढ्दो जाडोबाट बच्न औद्योगिक एवम् व्यापारिक नगरी चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, समनपुर तथा गौर बजारमा अहिले न्यानो लुगा किन्नेको भीडभाड ह्वातै बढेको हो । सडकमा राखिएका कपडा पसलदेखि ठूल्ठूला लत्ताकपडा पसलमा न्यानो लुगा किनमेल गर्नेको संख्यामा वृद्धि भएको छ । विशेषगरी सस्तो भएका कारण खुद्रा तथा फुटपाथमा राखिएका कपडा पसल गरिब तथा विपन्न वर्गका लागि किनमेल गर्ने प्रमुख थलो बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here